ग्यासको मूल्य ५० रुपैयाँ घट्यो, विहीबारदेखि प्रति सिलिण्डर १३ सय २५ रुपैयाँ

  २०७३ भदौ १६ गते १५:१३     विकासन्युज

काठमाडौं, १६ भदौ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाएको छ । निगमले नजिकिँदो चाडबाडको अवसर पारेर मूल्य घटाएको हो । एक महिनाभित्रमा निगमले मूल्य दोस्रो पटक घटाएको हो ।

lp_gas
एक महिनाअघि १४ सय २५ रुपैयाँ पर्ने ग्यास भोलिदेखि १३ सय २५ रुपैयाँमा किन्न पाईने छ ।
बिहीबारको मन्त्रिपरिषद बैठकले पनि दशैंतिहारको अवसरमा मूल्य घटाउन निर्देशन दिएकोले सोही आधारमा मूल्य घटाउने निर्णय गरेको निगमका प्रवक्ता भानुभक्त खनालले बताए । बिहीबारराति १२ बजेदेखि लागू हुने गरी एउटा ग्यास सिलिन्डर १३ सय २५ रुपैयाँमा तोकिएको उनले बताए । मूल्य घटेपछि पनि निगमलाई प्रतिसिलिन्डर ग्यासमा ६१ रुपैयाँ नाफा रहेको छ ।

यसैगरी मन्त्रिपरिषद्ले आपूर्ति मन्त्रालयलाई खाना पकाउने ग्यासका पनि स्वचालित मूल्य प्रणाली लागू गर्न सैद्धान्तिक सहमति दिएको छ । अब खाना पकाउने ग्यासमा पनि तेलमा जस्तै भारतको मूल्य अनुसार भाउ घटबढ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.