यामाहाको दशैं अफर, हरेक साता जापानको सफर

  २०७३ भदौ १६ गते ११:३९     विकासन्युज

YAMAHA_DASHAIN_MNEMONICकाठमाडौं, १६ भदौ । नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गरी यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ‘टेक्नो ट्रिप टु टोकियो’ ल्याएको छ । यो अफरअन्तर्गत हरेक हप्ता यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर किन्ने ग्राहकमध्ये एक जना भाग्यशाली ग्राहकले जापान भ्रमणको अवसर पाउनेछन् । साथै, हरेक ग्राहकले सीधै आठ हजार रुपैयाँ नगद छुट पाउने कम्पनीले जनाएको छ ।

अटोमोबाइल क्षेत्रमा विश्वमै परिचित ब्रान्ड यामाहाले अब हरेक साता हुने लकी ड्रमा जित हासिल गर्ने भाग्यशाली ग्राहकले जापानस्थित यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने सुनौलो मौका पाउनेछन् । ‘प्रत्येक साता हामी एक जना भाग्यशालीलाई जापान भ्रमणमा पठाउनेछौं । विजेताहरुले यामाहाले प्रयोग गर्ने हालका अत्याधुनिक प्रविधि, भावी प्रविधि र कन्सेप्ट भेहिकलहरुको अवलोकन गर्नुहुनेछ,’ एमएलब्डुका सेल्स एन्ड बिजनेस डेभलोपमेन्ट–एजीएम दिपक रौनियारले भने, ‘यामाहाको प्रयोग गर्ने प्रविधिलाई भाग्यशाली ग्राहकले आफ्नै आँखाले हेर्ने र अनुभव गर्ने अवसर पाउनुहुनेछ ।’

एमएडब्लुले भर्खरै मात्र ‘स्पोर्टी’ स्कुटर रे जेडआर नेपाली बजारमा सार्वजनिक गरेको थियो । यसबाहेक बजारमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो र रेजी लगायतका दुईपांग्रे उपलब्ध छन् । एमएडब्लुले अत्याधुनिक अटोमोबाइल प्रविधिजडित आर३को विक्रीलाई पनि तीव्र पार्ने भएको छ । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिन जडित छन् ।

त्यसैगरी, नेपालमा रेसिङ कल्चर भित्र्याउने श्रेय पाएको आर १५ को डिजाइन र इन्जिन रेसिङ बाइक आर १बाट प्रभावित छ जुन युवामाझ निकै लोकप्रिय छ । यामाहाको आर १५ र एफजेड सिरिजमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउने हुनार्ले यामाहाका बाइकहरुमा बढी माइलेज पाइने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.