‘क्यान कमटेक २०१६’ भाद्र २३ गते देखि शुरु, ग्राहकहरुलाई विषेश योजना

  २०७३ भदौ १६ गते ८:४४     विकासन्युज

काठमाडौं, १६ भदौ । क्यान महासंघले क्यान कमटेक २०१६ (इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजी प्रदशनी) यही भाद्र २३ गते देखि २६ गतेसम्म शुरु गर्ने भएको छ । उक्त प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । महासंघले सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदशन तथा सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

DSC_6282

कम्पनीका अनसार कार्यक्रमको शीर्ष प्रायोजक सुबिसु केबलनेट प्रा.लि.रहेको हुनाले क्यान कमटेकको संस्करणको नाम “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” रहको छ । त्यस्तै प्लाटिनम स्पोन्सर वेभसर्फर, डायमण्ड स्पोन्सर नेपाल टेलिकम, गोल्ड स्पोन्सर जेट टि ई स्मार्ट फोन, सिल्भर स्पोन्सरहरु नेटिस, र स्टार अफिस ईन्टरनेशनल छन् । साथै, प्रिन्ट स्पोन्सरमा स्प्यारो एस.एम.एस. रहेको कम्पनीले बताएको छ ।

सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङमा जम्मा ८७ (सानो र ठूलो गरि), ओपन स्पेसहरु ८ र फुुड स्टलहरु ५ गरी जम्मा १०० वटा स्टलहरु रहनेछन् । हाल सम्म सबै स्टलहरु निश्चित भईसकेका छन् । प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्ट्रोनिक्स सेक्यूरिटी तथा सेफ्टी एण्ड सोलुसन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोबाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहनेछन् ।

शीर्ष प्रायोजक सुबिसुद्धारा ग्राहकहरुका लागि किल्यर टिभि तथा ईन्टरनेट सेवामा विषेश र आकर्षक योजना ल्याउने तयारी गरेको छ । हाल सुबिसुको किल्यर टिभि सेवामा विभिन्न विधाहरु जस्तै स्पोर्टस्, मुभिइज, इन्टरटेन्टमेन्ट र एडभेन्चर एण्ड लाइफ स्टाइलमा ३० प्लस एचडी र १०० प्लस डिजिटल च्यानलहरु उपलब्ध छन् ।

यसै गरि कार्यक्रमका एशोसिएट स्पोन्सर सामसुङले सामसुङ लगायत विभिन्न ब्राण्डका मोबाइल फोनहरु उपलब्घ गराउने भएको छ । साथै, प्लाटिनम स्पोन्सर वेभसर्फरले वायरलेश इन्टरनेटको सुविधा दिइरहेको उपत्यका र उपत्यकाका नजिकका शहरहरुमा स्काइ केबल टिभी ,मेघा केबल, नार्गाजुन केबल, चन्द्रागिरी डिजिटल केबल लगाएतका विभिन्न केबल टिभीहरुसँग सहकार्य गरेर सस्तो, सुलभ तथा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा यसै प्रदर्शनी मार्फत ग्राहकहरु माझ पस्केको छ ।

इओसी प्रविधी मार्फत दिइने यो सेवालाई कम्पनीले टिभीनेटको नाम दिएको छ । कम्पनीले उपलब्ध गराउने ब्रोडब्यान्ड राउटरबाटै ग्राहकले सस्तो मुल्यमा इन्टरनेट, टि.भी को साथै भविष्यमा इन्टरनेट फोनको समेत सुविधा पाउनेछन् । साथै यसै मेला मार्फत सार्वजनिक गरिएको टिभीनेट सेवाको ग्राहक बन्दा निःशुल्क जडान, निःशुल्क राउटरको साथै अरु थुप्रै आर्कषक छुट एंव अफरहरु प्रदान गरिनेछ ।

उक्त कार्यक्रममा डायमण्ड स्पोन्सर नेपाल टेलिकमले ५० रुपैयाँमा ५० रुपैयाँकै ब्यालेन्स भएको जि. एस. एम. प्रिपेड सिम कार्ड उपलब्ध गराउने जानकारी गराएको छ । उक्त मेलामा अवलोकर्ताहरुलाई प्रवेश शुल्क ५० रुपैयाँ र विद्यार्थीहरुलाई २५ रुपैयाँ तोकिएको छ । सो मेलाका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । साथै अनलाईन टिकटको खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.