‘जाउँ, हिरो लिउँ, सुन चाँदी पैसा पाउँ’

  २०७३ भदौ १६ गते ७:११     विकासन्युज

hero_dashain_offerकाठमाडौं, १६ भदौ । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले “जाउँ, हिरो लिउँ, सुन चाँदी पैसा पाउँ” दशै योजना ल्याएको छ । कम्पनीले नेपालीहरुको महान चाड बडा दशै २०७३ को उपलक्ष्यमा सो योजना ल्याएको हो ।

यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले हिरो ब्राण्डका मोटर साइकल किन्दा ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्र्याचमा १ ग्राम वा २ ग्राम सुनका सिक्का वा २० वा ५० ग्रामका चाँदीका सिक्का पाउने छन् । साथै, ग्राहकले हरेक हप्ता लक्की ड्र बम्पर उपहार स्वरुप १ लाख रुपैयाँ पाउने छन् कम्पनीले जनाएको छ ।

यसैगरि स्कुटर तर्फ हरेक हिरोका स्कुटरमा ८ हजार रुपैयाँ नगद छुट हुनेछ । साथै स्क्रयाचमा १ ग्राम वा २ ग्राम सुनका सिक्का वा २० वा ५० ग्रामका चाँदीका सिक्का र हरेक हप्ता लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप रु १ लाख रुपैयाँ पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.