नेपालमा केयर रेटिङ संस्थाको स्थापना, विशाल ग्रुप र इमर्जिङ नेपालबीच सम्झौता

  २०७३ भदौ १५ गते १२:२१     विकासन्युज

काठमाडौं, १५ भदौ । अन्तराष्ट्रिय संस्था केयर रेटिङसँगको सम्झौतामा नेपालको विशाल ग्रुप र इमर्जिङ नेपालबीच नेपालमा क्रेडिट रेटिङ एजेन्सी स्थापना गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा केयर रेटिङका प्रमुख कार्यकारी अधिकृत राजेश मोकासी, विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोक कुमार अग्रवाल र इमर्जिङ नेपालका अध्यक्ष लालमणि जोशीले हस्ताक्षर गरेका छन् ।

care_rating_aggrement_in_ne

सो सम्झौता अनुसार नयाँ स्थापना गरिने संस्थाको नाम केयर रेटिङ (नेपाल) लिमिटेड रहने छ । विशाल ग्रुप नेपालमा वित्तीय सेवाको क्षेत्रमा सक्रिय संस्था हो भने इमर्जिङ नेपाल भेन्चर क्यापिटल क्षेत्रमा कार्यरत रहँदै आएको संस्था हो ।

सम्झौता अनुसार २ करोड रुपैयाँको चुक्ता पूँजीमा स्थापना हुने केयर रेटिगं (नेपाल)को लगानीमा केयर रेटिङको ५१ प्रतिशत, विशाल ग्रुपको १९ प्रतिशत र इमर्जिङ नेपालको १० प्रतिशत लगानी हुनेछ । बाँकी रहेको २० प्रतिशत बैंक, इन्स्योरेन्स कम्पनी, वित्तीय संस्था तथा बिभिन्न कर्पोरेट कम्पनीहरुलाई विभाजन गरिने छ जसमा प्रति कम्पनीले ९ प्रतिशत भन्दा बढी लगानी गर्न पाउने छैन ।

कम्पनीका अनुसार केयर रेटिगं अन्तराष्ट्रिय प्रतिष्ठा प्राप्त संस्था हो । यसले अन्तराष्ट्रिय जगतमा व्यापक सेवाहरु प्रदान गरीरहको छ । भविष्यमा नेपालको वित्तीय बजारको विकासमा उल्लेखनीय सेवा प्रदान गर्ने संस्थाको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.