कैलाश विकास बैंकको ३७औ शाखा पोखराको विरौटामा

  २०७३ भदौ १५ गते ११:३८     विकासन्युज

kailashपोखरा, १५ भदौ । कैलाश विकास बैंकले पोखराको बिरौटामा ३७ सौ शाखा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले मंगलबार एक समारोहका साथ उक्त शाखाको उद्धाटन गरेका छन् । साथै पोखराको बगरमा अर्को नयां शाखा संचालन गर्ने तयारी समेत भईरहेको बैंकले जनाएको छ ।

राष्ट्रिय स्तरको यस  विकास बैंकको चुक्ता पूंजी १ अर्ब ५८ करोड रुपैयाँ छ । यस बैंकले २०७३ आषाढमसान्त सम्ममा १५ अरब ६ करोड निक्षेप संकलन गरी १३ अरब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस संस्थाले करिव ४४ करोड खुद मुनाफा आर्जन गरेकोछ ।

हालसम्मको प्रकाशित बिवरणको आधारमा विकास बैंकहरु मध्ये यो कैलाश विकास बैंक सबै भन्दा ठूलो विकास बैंक हुन पुगेकोछ । संस्थाले विभिन्न जिल्लाका ३७ शाखामार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, मोबाईल बैंकिङ्ग सुविधा सुविधा तथा १७ वटा एटीएम मेशिनद्वारा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.