एलआईसी नेपालको ‘जीवन श्री’ योजना बजारमा

  २०७३ भदौ १५ गते ६:५९     विकासन्युज

काठमाडौं, १५ भदौ । एलआईसी नेपालले ‘जीवन श्री’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । “तपाई… खुसीको खाता खोल्नुहोस्” भन्ने सन्देशका साथ कम्पनीले न्युनतम् ७ वर्षदेखि ५० वर्ष उमेरसम्मका ग्राहकहरुलाई लक्षित गरी सो योजना ल्याएको हो ।
lic_nepal
बीमा अवधि १५ वर्ष र न्युनतम बीमाङ्क रकम ५ लाख रुपैयाँ रहने यस बीमा योजनामा विमितलाई पहिलो ५ वर्षका लागि ६५ हजार प्रति वर्ष सुनिश्चित लाभ बोनसको रुपमा प्रदान गर्ने कम्पनीले जनाएको छ । यस योजनामा विमितले वीमाशुल्क ५ वर्षमा तिरेर १५ वर्षसम्म दुर्घटना लाभसहितको जीवन बीमा सुविधा लिन सक्नेछन् । सो योजनामा बीमाशुल्क अत्यन्त न्युन तर प्रतिफल उच्च रहेको छ ।

२ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् विमितले कम्पनीबाट कर्जा तथा बीमा सुविधासमेत लिन सक्नेछन् । कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले विमितले वित्तीय अनिश्चितताको समयमा आफ्नो लगानीबाट जीवन बीमासहित सुनिश्चित प्रतिफल ‘जीवन श्री’ योजनाले मानसिक शान्ति प्रदान गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.