२७ वर्षदेखि सुरक्षित यात्रा प्रदान गर्दै पर्यटक सवारी, करिब १२ सय पर्यटक सवारी

  २०७३ भदौ १५ गते ७:२०     विकासन्युज

काठमाडौं १५, भदौ । नेपालम पर्यटक सवारी (हरिया प्लेट)को सुरुवात भएको २७ वर्ष भैसकेको छ । सन् १९९० बाट सुरु भएको पर्यटक सवारीले हालसम्म सुरक्षित यात्रा प्रदान गर्न सफल भएको पर्यटक वस व्यवसायी संघले जानकारी दिएको छ ।

संघका अध्यक्ष श्रीकान्त आचार्यका अनुसार नेपालमा छिटफूट सवारी दुर्घटनामा पर्यटक सवारी पनि पर्नु सामान्य विषय हो तर, कुनै ठूलो मानवीय क्षति हुनेगरी पर्यटक सवारी दुर्घटना भएका छैनन् । tourist-vehicle

पछिल्लो समय नेपालमा सडक जति धेरै बढ्दै गएको छ सवारी साधानको जोखिम पनि त्यति नै बढिरहेको देखिएको छ । विगत एक दशकको तथ्यांक हेर्ने हो भने पनि नेपालमा ४३ हजार सात सय वटा सवारी दुर्घटना भैसकेका छन् ।

नेपालमा हालसम्म २४ लाख सवारीसाधान भित्रिएका छन् ।
यस मध्ये दैनिक ६ लाख सवारीसाधान काठमाडौं उपत्यकामा नै दौडने गरेका छन् । सवारी साधान धेरै र सडकमा चाप बढी हुन थालेका कारण दुर्घटनाको दर पनि बढ्दै गएको छ ।

पछिल्ला समय सडक र सवारीको नियम पालना नगर्ने र चालकको लापर्वाहिका कारण पनि सवारी दुर्घटना आकासिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । सवारी साधान असुरक्षित भएको होइन, चालककै कारण असुरक्षित हुने गरेको पनि प्रहरीको भनाइ छ ।

नेपालमा संख्यामा थोरै भएपनि लामो छोटो दुरी सबैक्षेत्र दैडने गरेको सडकमै दौडने पर्यटक सवारी भने निकै सुरक्षित देखिएको छ । सार्वजनिक सवारी साधानको तुलनामा कम दुर्घटना भएको, यात्रुको विश्वसनियताको साधन बन्दै गएको र पर्यटक सवारी साधनले पनि यात्रु सेवालाई विषेश ध्यान दिएको व्यवसायीको भनाइ छ ।

‘पर्यटक सवारीको निश्चित मापदण्ड हुने, गति सिमित राख्नुपर्ने, सवारीमा हुनसक्न कमी कमजोरीको मूल्यांकन गरेर सुधारको उपाय अबलम्बन गरिहाल्ने कारण पनि हामीले विश्वसनिय सेवा दिन सकिरहेका छौं’ आचार्यले भने । यात्रुको अधिकारलाई ध्यानमा दिने बानी सबैभन्दा राम्रो पक्ष हो । सुरक्षित यात्रा गर्न पाउने सबै यात्रुको अधिकार हो ।

हामीले समय समयमा दिने तालिम र हरेक सवारी साधनको कम्पनीसँग हुने टिमवर्क नै पर्यटक सवारीको सफलताको पाटो भएको दाबी आचार्यको छ ।

कति छन् पर्यटक सवारी

नेपालमा हरियो नम्वर प्लेटका सवारी साधान संचालन गर्न रूटमा चल्ने ठूला र रूटमा नचल्ने साना हलुका सवारी गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ । ट्राभल तथा टुर कम्पनीले प्रयोग गर्ने ठूला सवारी सडकको रूटमा पर्यटक बोकेर हुँइकिने गरेका छन् । साना सावारी भने विमानस्थलबाट पर्यटक ल्याउने, पुर्याउने र आवश्यक पर्दा रिजर्भमा जाने गरेका छन् ।

यस्ता सवारीमा कार, जिप र भ्यान छन् । साना सवारीका साधन नेपाल टुरिष्ट भेइकल एसोसिएशन (एनटीभीए) अन्र्तगत रहेका छन् । यी सवारी नेपालमा हाल एक हजारको संख्यामा रहेका छन् ।

काठमाडौंबाट चितवन, पोखरासहितका सडक रुपटमा गुड्ने ठूला पर्यटक सवारी करीब एक सय ५० वटा जति छन् । यी सवारी हरिया नम्बर प्लेटका हुन । विभिन्न ट्राभल एजेन्सीले पर्यटक बोक्न भित्र्याएका यस्ता सवारी साधन काठमाडौं भित्रबाट सेवा दिने र बाहिरबाटगरी एक सय ५० भन्दा बढी नभएको टुरिष्ट बस एसोसिएशनको भनाइ छ । सबै गरी पर्यटक सवारी करिब १२ सय वटा जति छन् ।

कहाँ दोडन्छ पर्यटक सवारीtourist-bus-1

उपत्यकामा पर्यटकलाई विमानस्थल जाने ल्याउनेदेखि विभिन्न पर्यटकीय गन्तव्यमा जाने सवारी साधान कार, जिप र भ्यान हुन । यी सवारी साधार सडक रूटमा गुड्दैनन । सम्बन्धित कम्पनीले आफ्ना पर्यटकलाई विभिन्न आन्तरिक पर्यटकीय गन्तव्यमा लैजाने र ल्याउनेदेखि उपत्यकाभित्रै संचालन हुने गरेका छन् ।

अन्य ठूला पर्यटकीय सवारी साधान भने काठमाडौंबाट पोखरा, चितवन, विराटनगरहितका गन्तव्यमा संचलन हुने गरेका छन् । पोखराबाट पनि चितवन, काठमाडौं, लुम्बिनीसहितका गन्तव्यमा जाने गरेका छन् । व्यवसायीले पर्यटक सवारीलाई काठमाडौं दिल्ली र पोखरा दिल्ली पनि संचालन गरिरहेका छन् । यी ठूला यात्रुबाहक पर्यटक सवारीले आन्तरिक तथा वाह्य पर्यटकलाई सेवा दिने गरेका छन् ।

आधुनिक सेवा सुविधामा पर्यटक सवारी

पर्यटक सवारी साधन संचालन गर्ने व्यवसायीको अनुसार नेपालमा पछिल्लो समय विभिन्न सेवा र सुविधामा पर्यटक सवारी नेपाल भित्रन थालेका छन् । अन्तर्राष्ट्रिय स्तरमा पर्यटक सवारीले दिने सेवा तथा सुविधालाई पर्यटक सवारीले नेपालमा पनि सुविधा दिन थालेका हुन । यस्ता पर्यटक सवारी एसी, वाईफाई, आरामदायी सिट, सवारी साधानभित्रै चिया कफिको सुविधासहतिका सेवामा संचालन हुन थालिसकेको व्यवसायीको भनाइ छ ।

नेपाल भित्रिएकै सवारी साधानले हरियो नंम्बर प्लेट लिएर सडकमा गुड्ने गरेका कारण पहिल्यै पर्यटक सवारी भनेर कुनै चर्चा हुने गरेको छैन । नेपालमा आएकै सवारी व्यवसायीले खरिद गर्ने र पर्यटन मन्त्रालयबाट आवश्यक मापदण्ड पु¥याएर हरियो नम्बर प्लेटको सुविधा लिने गरेका छन् ।

के छ पर्यटक सवारीमा सुविधा

नेपालमा व्यवसायीक प्रवद्र्धन गर्न सरकारले हरियो नम्बर प्लेटको सवारी दर्ता गर्ने सुविधा दिएको हो । कुनै पनि ट्राभल कम्पनीले आफूले गर्ने वार्षिक कारोबार, व्यवसायको प्रकृति, पर्यटकीय सेवासहितको विवरण खुलाएर पर्यटन मन्त्रालय अन्तर्गनको पर्यटन विभागमा आवदेन दिएर मात्रै हरियो नम्बर प्लेट लिन सक्छन् ।

पर्यटन मन्त्रालयले सिफारिश गरेको आधारमा मात्रै व्यवसायीले निजी नम्बर प्लेटलाई हरियोमा परिवर्तन गर्न पाउने व्यवस्था छ । यस्ता सवारी उपत्यकाकै पर्यटकीय सेवा र सुविधामा प्रयोग हुने गरेका छन् । हरियो नम्बरको सवारी साधानलाई आयात गर्दा भन्सार छुट, सडकमा गुड्न पर्यटक बोक्ने भएकै कारण प्राथमितासहितको सेवा र सुविधा हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.