कमिसन नपाएपछि समातिनै छाडे सुन तस्कर, सुनतस्कर बढेको बढ्यै

  २०७३ भदौ १५ गते १:३०     विकासन्युज

काठमाडौं १५, भदौ । नेपालसँग सीमाना जोडिएका चीनका विभिन्न नाकाबाट तस्करी हुँदै आएको सुनको रूट परिवर्तन भएपछि नेपालमा अवैध सुन समातिन छाडेको छ।

Gold bars

Gold bars

यसअघि नेपालका विभिन्न नाकाबाट अवैधरूपमा सुन भित्रने गरेपनि अहिले भने चीनबाट तस्करी हुने न भुटान र बंगालादेश जान थालेको प्रहरीको निष्कर्ष छ। आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ। सरकारले सुन पक्राउ गर्ने र सुराकी गर्नेलाई कमिसन नदिने नीति अवलम्बन गरेपछि पछिल्लो समय ठूला परिणाममा सुन समातिन छाडेको छ।

यसअभन्द अगाडि सरकारले सुनको अवैध कारोबार गर्ने कामलाई निरूत्साहित गर्न सुराकीलाई २५ प्रतिशत र सुन समात्ने सुरक्षा निकायलाई १५ प्रतिशत कमिसन दिने गरेकोमा अहिले भने जति परिणामको सुन समातिएपनि ५० हजारदेखि ५ लाख रूपैयाँ सम्म सुराकी र समाउनेलाई दिने नीति अख्तियार गरेपछि सुराकीले सुराक दिन छाडेको केन्द्रीय अनुसन्धान व्युरोले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.