महिन्द्राको सुप्रो भ्यान र म्याक्सिट्रक सार्वजनिक

  २०७३ भदौ १४ गते १२:२७     विकासन्युज

काठमाडौं, १४ भदौ । नेपाल अटोमोबाइल डिलर्स एशोसिएशनको एघारौं संस्करणको नाडा अटो शो २०१६ मा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले आफ्ना कमर्शियल श्रेणीका गाडीहरुको प्रदर्शन गरिरहेको छ । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड १६.९ अर्ब अमेरिकी डलर सम्पत्ति भएको महिन्द्रा ग्रूपअन्तर्गतको एक कम्पनी हो । नाडा अटो शो मा महिन्द्राले दुई नयाँ गाडीहरु सुप्रो भ्यान र सुप्रो म्याक्सिट्रक सार्वजनिक गरेको छ ।
Supro_Van
कम्पनीको अनुसार सुप्रो भ्यान आकर्षक स्टाइल र प्रशस्त स्पेश भएको आठ सीटयुक्त प्यासेञ्जर गाडी हो । यो टुर एण्ड ट्राभल सेगमेण्टको सवारी हो जुन ठूलो परिवारका लागि पनि उत्तिकै उपयोगी छ । सुप्रो म्याक्सिट्रक एक अत्याधुनिक सामान ढुवानी गर्ने साधन हो जस्ले १ टल बराबरको भार वहन गर्न सक्छ । यो शहर भित्र वा नजीकका शहरहरुबीच सामान ढुवानी गर्न उपयोगी हुने कम्पनीले जनाएको छ ।
Maxi_Truck

गाडी सार्वजनिकको अवसरमा महिन्द्रा एण्ड महिन्द्र लिमिटेडका उपाध्यक्ष तथा इण्टरनेशनल अपरेशन्स – एएफएस (दक्षिण एशिया)का प्रमुख सञ्जय जादवले भने, “नेपाली जनता तथा उपभोक्ताहरु सामु हाम्रा अटोमोबाइल प्रडक्ट सार्वजनिक गर्नका लागि नाडा अटो शो सबैभन्दा उपयुक्त अवसर हो । यो मेलाले हाम्रा उत्पादनको बारेमा उपभोक्तालाई जानकारी दिन र उनीहरुको आकांक्षा तथा चाहनाको मापन गर्न सहयोग गर्दछ । हामीले सदैव नयाँ र इन्नोभेटिभ प्रडक्ट ल्याउने प्रयास गरेका छौं । सुप्रो त्यसैको एक कडी हो ।”

दुगड ब्रदर्श एण्ड सन्स प्रा. लि.का अध्यक्ष मोतीलाल दुगडले भने, “विगत दुई दशकदेखि महिन्द्रासँग जोडिन पाउनु दुगड ब्रदर्श एण्ड सन्सका लागि गर्वको विषय हो । हामी उपभोक्तालाई गुणस्तरीय प्रडक्ट उपलब्ध गराउन प्रतिवद्ध छौं । त्यसैले नेपाली उपभोक्ताका लागि थप छनोट सिर्जना गर्नका लागि हामीले सुप्रो नेपाल भित्र्याएका हौं । सुप्रो भ्यान एक बहुआयामिक सवारी हो जसले विभिन्न प्रकारका व्यवसाय तथा घरायसी प्रयोजनमा सहयोग पु¥याउने छ ।”

दुगडका अनुसार सुप्रो भ्यान ठूलो परिवारका लागि व्यक्तिगत सवारी साधन हो जसलाई व्यापारीहरुले व्यक्तिगत र व्यावसायिक काममा प्रयोग गर्न सक्छन् । टुर तथा ट्राभल कम्पनीहरुका लागि पनि यो सजिलो यातायातको साधन हो भने किसानका लागि यो अतिरिक्त आयको स्रोत हो । अर्को उत्पादन सुप्रो म्याक्सिट्रक व्यवसाय र ढुवानीकर्ताहरुका लागि उपयोगी गाडी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.