शिवम् सिमेन्टको दशैंतिहार अफर, सिमेन्ट खरिदमा “चाँदी नै चाँदी” को उपहार

  २०७३ भदौ १४ गते १२:१०     विकासन्युज

काठमाडौं, १४ भदौ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले “चाँदी नै चाँदी” नामक योजना बजारमा ल्याएको छ । कम्पनीले नजिकिदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै सो योजना बजारमा ल्याएको हो । यस योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टले प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी–गणेश” अकिंत चाँदीको सिक्का उपहार योजना लागू गर्ने भएको छ ।

shivam_cement

यो योजना सीमित समयको लागि नेपाल अधिराज्यभर लागू गरिएको छ । विगत लामो समयदेखि शिवम् सिमेन्टले समय–समयमा आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्पmत थप उत्साह प्रदान गर्दै सहुलियत दिँदै आइरहेको छ । यसै क्रममा अब कम्पनीलले विशेष चाडपर्वलाई लक्षित गर्दै लक्ष्मी र गणेश अंकित चाँदीको सिक्का उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो ।

महान् चाड विजयादशमी, दिपावली र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकाना व्यक्त गर्दै यसपालीको चाडपर्वमा अब क्वालिटी घरको निमार्णसँगै “चाँदी नै चाँदी” को उपहारको खुशीयाली बाँड्ने कम्पनीको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.