नाडा अटो शो सुरु, नयाँ सवारी साधन सार्वजनिक गर्ने प्रतिष्पर्धा

  २०७३ भदौ १४ गते ११:४५     विकासन्युज

nada_openingकाठमाडौं, १४ भदौं । राजधानीको भृकुटीमण्डपमा अटो मोबाइलको कुम्भ मेला सुरु भएको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गरेको अटो शोमा दर्जनौ कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गरेका छन् । १९ गतेसम्म सञ्चालन हुने मेलामा ७४ वटा कम्पनीका १२५ वटा स्टलहरू रहेका छन् ।

toyotaशोमा १६ वटा ब्राण्डका चार पाङग्रे, १५ वटा ब्राण्डका दुई पाङग्रे तथा ५ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू रहने छन् । चार पाङग्रेमा डाट्सुन, फियट, फोर्ड, होण्डा, हुण्डाई, किया, महिन्द्रा, एमजी, निशान, रेनाउल्ट, स्कोडा, सुजुकी, टाटा, टोयोटा, भल्कसवागेन र साङयोङ रहेका छन् । यीमध्ये अधिकांश कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गरेका छन् ।

modelsदुई पाङग्रेमा बजाज, बेला, बेनेली, हिरो, होण्डा, केटिएम, महिन्द्रा, रोयल इनफिल्ड, रनर, स्कोमाडी, सुजुकी, टिभिएस, युएम ग्लोबल, भेस्पा र यामाहा कम्पनी सहभागी छन् । हेवी कमर्शियलमा अशोक लिलेण्ड, आइसर, इस्कोर्ट, महिन्द्रा र टाटा रहेका छन् । अटो शोमा बिभिन्न वित्तिय संस्था, नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको पनि सहभागिता रहने छ ।
Mega-lubricants
मेलामा नयाँ सवारीका साथै लुब्रिकेनट, स्पेयर्स तथा वर्कशप, बैंकलगायत सहायक सेवा तथा बस्तुहरुको पनि प्रदर्शनी रहेको छ । ६ दिन सम्म चल्ने नाडा अटो शोमा ५० हजार आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने २ अर्बको कारोबार हुने अनुमान गरिएको छ ।

नाडा अटो शोमा नयाँ सवारी साधन ल्याउने प्रतिष्पर्धा, धमाधम नयाँ गाडी सार्वजनिक हुँदै 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.