दशैंका लागि ४९ हजार खसीबोका र च्याङग्रा ल्याइदै

  २०७३ भदौ १४ गते ३:२२     विकासन्युज

khasiकाठमाडौं, १३ भदौ । दशैलाई लक्षित गरेर यस बर्ष उपत्यकाका लागि ४९ हजार खसीबोका तथा च्याङग्रा ल्याइने भएको छ । खाद्य संस्थान र निजी क्षेत्रले ४९ हजार भन्दा बढि खसीबोका र च्याङग्राको व्यापार गर्ने लक्ष्य राखेका हुन् गत वर्षको दशैंमा ४१ हजार खसीबोका तथा च्याङग्राको कारोबार भएको थियो ।

खाद्य संस्थानले २५ सय खसीबाका तथा च्याङग्रा ल्याउने भएको छ भने बाँकी सबै निजी क्षेत्रबाट आपुर्ति हुनेछन् । संस्थानले लाहान, हेटौडा, सुर्खेत तथा नेपालगञ्ज लगायतका क्षेत्रबाट स्थानिय खसीबोका तथा मुस्ताङबाट च्याङग्रा ल्याउने तयारी गरेको छ ।

घटस्थापनाका दिनदेखि बिक्रि आरम्भ गर्ने संस्थानले जनाएको छ । निजी क्षेत्रबाट आपुर्ति हुने खसीबोकाको बिक्रि भने त्यसअघि देखि नै आरम्भ भैसक्नेछ । समाचारः अन्नपूर्णबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.