सिटिजन्स बैंकले २५.७८ प्रतिशत लाभांश वितरण गर्ने, हकप्रद सेयरले बोनस नपाउने

  २०७३ भदौ १३ गते १२:३५     विकासन्युज

काठमाडौं, १३ भदौ।  सिटिजन्स बैंक इन्टरनेसनलले २५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २४.४९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
citizen-bank
‘भदौ १३ गते बसेको संचालक समितिको २१४ औं बैठकको निर्णय बमोजिम आ.व २०७२/७३ को वितरण योग्य मुनाफाबाट २०७३ आषाढ मसान्तको चुक्ता पूँजी ३ अर्ब ६ करोड ५२ लाख ३३ हजार ८१७ रुपैयाँको २४.४९ प्रतिशतले हुने ७५ करोड ०६ लाख ७५ हजार ७६२ रुपैयाँ बराबरको बोनस शेयर र सोमा लाग्ने करको लागि १.२९ प्रतिशतले ३ करोड ९५ लाख ०९ हजार २५१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ’ बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सञ्चालक समितिको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको साधारण सभाबाट स्वीकृत भए पश्चात मात्र वितरण हुने छ ।

आर्थिक वर्ष २०७२/७३ मा बैंकले खुद नाफा १ अर्ब १० करोड ९८ लाख आर्जन गरेको थियो । आर्थिक वर्षको अन्त्यमा निश्काशन गरेको हकप्रद सेयरले भने गत आर्थिक वर्षको नाफाबाट लाभांश नपाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.