लक्ष्मी बैंकको नयाँ शाखा मध्य पश्चिमको रुकुम र जाजरकोटमा

  २०७३ भदौ १३ गते १२:१४     विकासन्युज

laxmi_bank_branch_chaurjharकाठमाडौं, १३ भदौ । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा रुकुमको चौरझारी र जाजरकोटको खलङ्गामा शुभारम्भ गरेको छ । सेवाहरु सहज रुपमा पुर्याउने लक्ष्यले बैंकले मध्य पश्चिमको चौरझारी र खलङ्गामा सो शाखा सञ्चालनमा ल्याएको हो ।

यस शाखाको विस्तार सँगै बैंकले बैकिंङ्ग क्षेत्रमा पिछडिएका क्षेत्रका ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादान गर्ने लक्ष्य राखेको छ । साथै, बैंकले शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

बैंकका अनुसार अब बैंकको शाखा संजाल ५२, २ विस्तार काउन्टर अनि ७१ वटा एटिएम पुगेको छ । यी शाखाहरुका साथै बैंकले आफ्नो सेवा अझ सुदृढ बनाउने विश्वास राखेको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देश भरि विस्तार गर्ने लक्ष्य लिएको छ ।

बैंकका अनुसार आ.व. २०७१/७२ मा ४८ अर्ब ८५ करोड निक्षेप र ४० अर्ब ३५ करोड रुपैयाँ कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ५५ अर्ब रुपैयाँ रहेको छ । सोहि आ.व.मा बैंकले ११५ करोड रुपैयाँको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.