हुन्डाईको दशैं–तिहार योजना, गाडी खरिदमा ६ लाखसम्मको छुट

  २०७३ भदौ १३ गते ११:४७     विकासन्युज

काठमाडौं, १३ भदौ । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं–तिहार योजना अन्तर्गत हुन्डाई फेस्टिभ डिलाइट योजना घोषणा गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडिको खरिदमा उपहार र नगद छुट पाउनेछन् ।

Hyundai_Festive-Delight_PR

यो योजना भाद्र १३ गते देखि लागु गरिएको छ । हुन्डाई गाडिको खरिदमा हरेक ग्राहकले ६ लाखसम्मको छुट र १ वर्षको लागि बीमा प्राप्त गर्नेछन् । त्यसैगरी लक्ष्मी हुन्डाईले आफ्नो ग्राहकहरुका लागि सय तोला सुनको उपहारको घोषणा गरेका छन् । १०० जना भाग्यमानी विजेताहरुले एक–एक तोला सुन प्राप्त गर्नेछन् । भाग्यशाली विजेताको घोषणा योजनाको अन्त्यमा लक्की ड्र मार्फत गरिनेछ ।

यो योजनाको बम्पर पुरस्कार हुन्डाई क्रेटा र हुन्डाई इलाट आइ२० रहने छ । दुई जना भाग्यशाली विजेताहरुले बम्पर पुरस्कार जित्ने मौका पाउनेछन् । भाग्यशाली विजेताहरुको घोषणा लक्की ड्र मार्फत गरिने छ । हुन्डाई नेपाल अधिराज्यभरी १६ वटा शोरुम रहेका छन् जसमध्ये १३ वटा काठमाडौं उपत्यका बाहिर छन् भने ३ वटा उपत्यका भित्र रहेको कम्पनीले जनाएको छ ।

आउदै गरेको चाडपर्वको आगमनसंगै हुन्डाई शोरुमलाई, दशै–तिहार चाडपर्वको अनुभूति गराउने गरी सजाइने छ । विगतका दिनहरुमा जस्तै लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो ग्राहकहरुलाई आगामी दिनमा अझ उच्चस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.