नेपाली अटोबजारमा नयाँ ब्राण्डको प्रवेश, रेनो क्विड र डस्टर सार्वजनिक, मूल्य १६ लाख र ३५ लाख

  २०७३ भदौ १३ गते ११:३५     विकासन्युज

काठमाडौं, १३ भदौं । फ्रान्सेली बहुदेशीय अटोमोबाइल कम्पनी रेनोका कारहरु नेपाली बजारमा प्रवेश गरेको छ । व्यावसायिक समूह विशाल ग्रुप अन्तरगतको एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालमा रेनोको क्विड र डस्टर सेगमेन्टको कारहरु भित्र्याएको छ । रेनो समूहका भारतीय उपमहादेशीय संचालनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक सुमित सहानी र विशाल ग्रुपका निर्देशक निकञ्ज अग्रवालले नयाँ गाडी सार्वजनिक गरे ।
renault_lunch
रेनो समूहका भारतीय उपमहादेशीय संचालनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक सुमित सहानी र एडभान्स अटोमोबाइल्स प्रबन्ध निर्देशक निकञ्ज अग्रवालले नयाँ गाडी सार्वजनिक गरे ।

उक्त कार्यक्रममा बोल्दै सुमित सहानीले भने,ूरेनो द्रूत गतिमा अगाडि बढिरहेको विश्वव्यापी अटोमोटिभ ब्राण्ड हो । हामीले रेनो ब्राण्डलाई सार्क क्षेत्रका महत्वपूर्ण देशहरुमा लैजाने प्रयास गरिरहेका छौं । त्यसैक्रममा हामी नेपालमा पहिलो बितरकको रुपमा एडभान्स अटोमोबाइल्स प्रालिको समूद्घाटन गर्न यहाँ उपस्थित भएका छौं ।’

एडभान्स अटोमोबाइल्स काठमाडौं थापाथलीमा सविधा सम्पन्न शो रुमबाट बिक्री शुरु गरेको जनाएको छ । यस कम्पनीले कालोपुल र परोपकारमा अर्कशप सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

एडभान्स अटोमोबाइल्स प्रबन्ध निर्देशक निकुन्ज अग्रवालले रेनो क्विडको मूल्य १६ लाख र डस्टर ३५ लाख रुपैयाँ पर्ने बताए । उनले रेनो क्विड र डस्टर साँचिक्कै अन्तर्राष्ट्रिय कार भएको बताए । यी गाडी नाडा अटो शो २०७३ मा प्रदर्शनीमा राखिने भएको छ ।
renault
रेनो समूहले सन् १८९८ देखि कारहरु उत्पादन गर्दै आएको छ । सन् २०१५ मा २८ लाख गाडिहरु १२५ देशहरुमा बिक्री गरेको छ । यसका ३६ वटा उत्पादन क्षेत्रहरु रहेका छन ।

विशाल समूह नेपालमा ठूलो व्यवसायिक समूहमध्ये एक हो । यसले समूहले बैंकिंग, बीमा, जलविद्युत, सिमेन्ट, फलाम र इस्पात, ब्रुअरी, होटल्स तथा रिजोर्टस् र बितरणको क्षेत्रमा संलग्न छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.