अस्थायी शिक्षकका जायज माग पूरा हुन्छः प्रधानमन्त्री

  २०७३ भदौ १३ गते १०:३२     विकासन्युज

pm_prachandaकाठमाडौं, १३ भदौ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थायी शिक्षकको समस्या समाधान गर्न शिक्षा मन्त्रालयलाई विशेष निर्देशन दिने बताउएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अस्थायी शिक्षकका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले जायज र उचित माग सम्बोधन गर्न आफू प्रयासरत रहने र आवश्यक व्यवस्थाका लागि शिक्षामन्त्री र शिक्षा सचिवलाई आवश्यक पहल गर्न निर्देशन दिने बताए।

प्रधानमन्त्रीले भने, ‘‘आफू पनि विगतमा शिक्षक पेसामा रहेका कारण त्यस क्षेत्रको समस्याका बारेमा जानकार छु । म तपाईंहरुको समस्या समाधानका लागि आवश्यक पहल गर्छु । जायज र उचित माग सम्बोधन गर्न प्रयत्न गरिन्छ ।”

शिक्षा ऐन आठौँ संशोधनले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरेको भन्दै अस्थायी शिक्षकका प्रतिनिधिले ध्यानाकर्षण गराएका थिए । अस्थायी शिक्षकका प्रतिनिधिले औषधि उपचार र उपदानको व्यवस्था गर्न, अस्थायी शिक्षकलाई आन्तरिक प्रतियोगितामा सहभागी हुने व्यवस्था गर्न, शिक्षा ऐन पुनः संशोधन गरेर आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका थिए ।

अस्थायी शिक्षकले ‘२०६३ सालकै शिक्षा ऐन कार्यान्वयन हुनुपर्ने’, ‘सर्वोच्च अदालतको आदेश कार्यान्वयन हुनुपर्ने’, ‘उमेर हदका कारण अवकाश भएका शिक्षकलाई समेत सुविधा दिनुपर्ने’ जस्ता माग प्रधानमन्त्रीसँग राखेका थिए । अस्थायी शिक्षक आन्दोलन समितिका अध्यक्ष निरेन्द्र कुँवरले अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाको अवसर दिनुपर्ने र प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्नेमा जोड दिएका थिए । मुलुकभर करिब ३० हजार अस्थायी शिक्षक छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.