असोज १ गतेदेखि उपत्यकामा ५०० वटा सुपथ मूल्य पसल, नुन, चामल र ग्यासमा छुट पाइने

  २०७३ भदौ १३ गते ८:०५     विकासन्युज

supath_mulya_pasalकाठमाडौं, १३ भदौ । सरकारले असोज १ गतेदेखि उपत्यकामा ५०० वटा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । आपुर्ति मन्त्री दिपक बोहराको अध्यक्षतामा आइतबार बसेको बैठकले दशैं, तिहार तथा छठ लगायतका पर्वहरुलाई लक्षित गर्दै उपत्यका भित्र ५०० वटा किराना पसल मार्फत सुपथ मुल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।

सुपथ मूल्य पसलबाट खाद्य संस्थानले १५ प्रकारका चामल, फापर र सिमीमा प्रति किलो ५ रुपैंयाँ छुट दिनेछ । त्यस बाहेक २००० देखि २५०० वटासम्म खसी, बोका तथा च्याङग्रा ल्याएर सहुलियत मुल्यमा बेच्नेछ । त्यस्तै, साल्ट टे«डिङले चीनीमा प्रति किलो ५ रुपैंयाँ र नुनमा २ रुपैंयाँ छुट उपलब्ध गराउनेछ ।

नेपाल आयल निगमले ग्यासमा प्रति सिलिण्डर ५० रुपैंयाँ तथा मट्टितेलमा आवश्यक छुट दिने बताएको छ । दुग्ध विकास संस्थानले घ्युमा प्रति किलो १० रुपैंयाँ छुट दिने भएको छ भने पनिरमा पनि केहि सहुलियत दिने योजना बनेको जनाएको छ ।

यसरी सञ्चालन गरिएका सुपथ मुल्य पसलबाट उपलब्ध गराइएको सुहलियत वापतको रकमको सोधभर्ना भने अर्थ मन्त्रालयले उपलब्ध गराउने आपुर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.