दक्षिण एशियाली मुलुकहरुमा नेपाल कम धान फल्ने दोस्रो मुलुक

  २०७३ भदौ १३ गते ७:१६     विकासन्युज

wheatकाठमाडौं, १३ भदौ । दक्षिण एशियाली मुलुकहरुमा नेपाल अफगानिस्तान पछि कम धान फल्ने दोस्रो मुलुक हो । विश्व बैंकको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा औसतमा प्रतिहेक्टर ३ दशमलव १ लाख मेट्रिक टन धान फल्दै आएको छ । अफगानिस्तानमा भने प्रतिहेक्टर साढे दुई मेट्रिक टन धान फल्नो गरेको छ । जवकि नेपालको उत्पादन अनुपातलाई बढाउन सक्ने प्रशस्त सम्भावना हुँदा हुँदै पनि सरकारले उत्पादन बढाउने कार्यक्रमहरु लागू गर्न नसक्दा अर्थात हालसम्म पनि यहाँको परम्परागत खेती प्रणाली कारण अन्य देशको तुलनामा नेपालमा धान उत्पादन कम भएको हो ।

नेपालकै झापामा प्रतिहेक्टर ५ लाख मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । सार्कमुलकमध्ये सबैभन्दा बढी धान उत्पादन श्रीलंका हुने गरेको छ । श्रीलंकामा प्रतिहेक्टर ३ दशमलव ८ लाख मेट धान उत्पादन हुने गरेको छ । भारत धान उत्पादन बढी हुने दोस्रो ठूलो मुलुक हो । यहाँ प्रतिहेक्टर ३ दशमलव ६ लाख मेट धान उत्पादन हुँदै आएको छ । पाकिस्तान र भुटानमा क्रमशः ३ दशमलव ५ र ३ दशमलव ४ धान उत्पादन हुँदै आएको छ । भेतनाम, थाइल्याण्ड, चीन, फिलिफिन्सको उत्पादकत्व सार्क मुलुको भन्दा बढी छ ।

हाल भएको उत्पादकत्वलाई वृद्धि गर्न सके नेपालमा खाद्य संकट नहुने कृषि विकास मन्त्रालयका सह प्रवक्ता शङ्कर सापकोटाल बताए । ‘अहिलेको उत्पादकत्वलाई बढाएर प्रतिहेक्टर ४ लाख मेट मात्र पु¥याउन सके नेपालमा खाद्यान्न पर्याप्त हुन्छ,’ उनले भने ‘उत्पादन बढाउन सरकारले सिंचाइँ, उन्नत विउविजन, मल तथा आधुनिक प्रविधिलाई परिचालन गर्न सक्नु पर्छ,’ उनले भने ।

गत वर्ष धानको उत्पादनमा गिरावट आएपछि देशमा खाद्य संकट हुन सक्ने अनुमान सरकारले गरेको थियो । ‘हामीलाई अहिले ७ लाख मेट्रिक टन चामल नपुग हुने देखिएको छ,’ सापकोटाले भने ‘ यसवर्ष धान उत्पादन बढ्ने देखिएकाले खाद्यन्न बचत हुन सक्छ ।’ गत वर्ष १० दशमलव २ प्रतिशतले धान उत्पादन घट्दा यसको प्रत्यक्ष असर आर्थिक वृद्धि परेको थियो । यस वर्ष भने समयमा वर्षा भएकाले शतप्रतिशत रोपाइँ सकिएको र धान लगाउने समयमा मलको समस्या तथा वाहिरी रोकावट पनि नआएकोले धानको उत्पादन ५० लाख मेट्रिक टनभन्दा माथि हुने अनुमान मन्त्रालयले गरेको छ । गत अािर्थक वर्ष २०७२/७३ मा ४२ लाख ९९ हजार मेट्रिक टन धानमात्र धान उत्पादन भएको थियो ।

गत वर्ष भएको धान उत्पादन अघिल्लो आवको तुलनामा ४ लाख ९० हजार मेट कम हो । धान उत्पादन क्षेत्रमा पनि ४ दशमलव ४ प्रतिशतले कमी आएको छ । धान उत्पादन घटेसँगै यसको प्रत्यक्ष असर कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा परेको थियो । कुल गार्हस्थ्य कृषिक्षेत्रभित्र धानको भार २१ प्रतिशत रहेको छ ।

देशको अर्थतन्त्रमा ठूलो असर पार्ने धान उत्पादनमा वृद्धि हुने देखिए पछि चालू आवमा खाद्य संकट कम हुनका साथै अर्थतन्त्रमा कृषिको योगदान पनि बढ्ने मन्त्रालयले बताएको छ । कृषि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सुपर जोन कार्यक्रम सञ्चालनका लागि कार्यविधि निर्माण गरिसकेको छ । कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित ल्याइएको उक्त कार्यक्रमको कार्यविधि अर्थ मन्त्रालयमा सहमतिका लागि पठाउने तयारी मन्त्रालयले गरेको छ ।

सुपर जोनमा परेका बालीहरु लक्षित उत्पादन गर्नै पर्ने कार्यविधिमा उल्लेख छ । सरकारले सो कार्यक्रम सञ्चालन गर्न यस वर्ष ५ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ । विगत १० वर्षमा औसतमा कृषि क्षेत्रको आर्थिक वृद्धिदर २ दशमलव ९ प्रतिशत रहेमात्र रहेकोले सरकारले यसलाई बढोत्तरी गर्न यस्ता कार्यक्रम ल्याएको हो । मौसमी अनुकूलता र प्रतिकूलतामा निर्भर हाम्रो कृषि प्रणाली अझैसम्म व्यवसायिक बन्न नसक्दा यस्तो परिस्थिति आएको हो ।

सरकारले वृहत्तर धान उत्पादन कार्यक्रमलाई चैतदेखिनै शुरु गरेको छ । सो कारणले पनि यस वर्ष धानको उत्पादन बढ्ने देखिएको हो । गएको वर्ष बन्दहडताल, नाकाबन्दी तथा प्रतिकूल मौसमका कारण अघिल्लो वर्षहरुको तुलनामा धान उत्पादनका कमी आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.