दशैंमा जनतालाई उपहार, ग्याँसमा ५० रुपैयाँसम्म छुटको तयारी

  २०७३ भदौ १३ गते १:४०     विकासन्युज

काठमाडौं १३, भदौ । सरकारले आगामी दशैंमा जनतालाई सहुलियत पसल संचलान गर्ने र छुट दिने तयारी गरेको । आगामी दशैंमाा सरकारले ग्याँसमा ५० रुपैयाँसम्म छुट दिने तयारी अगाडि बढाएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । lp_gas

सरकारले नै दशैंका लागि सहुलियत पसल संचालन गर्ने र सर्वसाधारणलाई छुट दिने भएको छ । यस्तो छुट घरायसी प्रयोजनका अन्य सामानमा पनि दिने तयारी भएको छ ।

सहुलियत पसलमा भने प्रतिकेजी दुईदेखि १० रुपैयाँसम्म छुट दिने तयारी भएको मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए ।
असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्यका पसलमार्फत ग्यास, मटितेल लगायत खाद्यान्नमा छुट दिने तयारी थालेको हो ।

चाडपर्वहरु नजिकिदैं गर्दा सर्वसाधारणलाई सहुलियतस्वरुप छुट दिने तयारी गरेको आपूर्तिमन्त्री दीपक बोहराले बताए । सहुलियत पसल संचालन र छुट दिने विषयमा आइतबार साल्ट ट्रेडिङ, खाद्य संस्थान, नेसनल ट्रेडिङ, खाद्य किराना व्यापार संघ, खुद्रा व्यापार संघ लगायतका अधिकारीसित छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.