अग्नि गुप्रद्वारा डिलर भेट कार्यक्रम सम्पन्न

  २०७३ भदौ १२ गते १२:३७     विकासन्युज

काठमाडौं, १२ भदौ । नेपालको एक अग्रणी कम्पनी तथा महिन्द्रा एमयूभीर एसयूभी र ट्याक्टरहरुको आधिकारिक विक्रेता अग्नि गुप्रले आफ्ना डिलरहरुको भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको हयात होटलमा २ दिनसम्म चलेको उक्त कार्यक्रम आफ्ना डिलरहरुको भेट तथा सम्मानमा आयोजना गरेको थियो ।

अग्निका एमयूभीरएसयूभी र ट्याक्टरहरुका डिलरहरुलाई भेटघाट तथा सम्मान गर्नु उक्त कार्यक्रमको उद्देश्य रहेको थियो । उक्त सम्मान कार्यक्रममा देशभरिबाट अनुमोदित भएका डिलरहरु मध्ये वर्ष २०७२/२०७३ का लागि उत्कृष्ट डिलरमा बतास ब्रदर्स, पोखरा (भेहिकल) लगायत अरु विभिन्न विधामा उत्कृष्ठ कारोबार गर्ने १८ जना डिलरहरु सम्मानित भएका थिए ।

सम्मान कार्यक्रममा बोल्दै अग्नि गुप्रका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठले अगामी दिनमा महिन्द्राका उत्पादनहरुले बजारमा अझै उत्कृष्ठ पहिचान बनाउँदै करोबारमा समेत उल्लेख्य बृद्धि गर्ने कुरा व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.