धमाधम सुरु हुँदै आउटबाउण्ड टुर, प्राथमिकतामा दशैं प्याकेज

  २०७३ भदौ १२ गते ६:३५     विकासन्युज

काठमाडौं १२, भदौ । नेपालबाट पर्यटक बनेर विदेश घुम्न जाने (आउटबाउण्ड) टुरका नेपालीको संख्या बढ्दै जान थालेसँगै व्यवसायीले पनि आकर्षक प्याकेज सार्वजनिक गर्न थालेका छन् । पर्यटन व्यवसायीले नेपालबाट दशैंको समयमा विदेश घुम्न चाहने नेपालीको लागि आकर्षक प्याकेज सार्वजनिक गर्ने र बजारीकरणलाई पनि बढाउन थालेका हुन ।
Tourism
दशैंमा नेपालीहरुले लामो छुट्टी पाउँने र यहि मौका छोपेर विदेश घुमघाम गर्ने शैंली बढ्दै गएको छ । विगत चारपाँच वर्षदेखि विदेश घुम्न जाने नेपाली संस्कृति हरके वर्ष बढिरहेको पर्यटन व्यवसायीको भनाइ छ ।
दशैंको समयमा नेपालीले लामो बिदा पाउने र चाडपर्वको समय भएकोले पनि विदेश घुमेर रमाउने संस्कृति बढिरहेको सोसाइटी अफ टुर एण्ड ट्राभल अपरेटर्स (सोट्टो)नेपालका अध्यक्ष यमबहादुर खड्काले बताए ।

विगतका केही वर्षमा नेपालमा आउने मलेसियन पर्यटकको संख्या १७ हजार रहेको छ भने मलेसिया घुम्ने नेपाली भने एक लाख ७० हजार पुगेको खड्काको भनाइ छ । नेपाल सरकारले विदेश घुम्न जाने पर्यटकको तथ्यांक राख्ने गरेको छैन । तर, मलेसियालको तथ्यांक हेर्ने हो भने नेपाली पर्यटक चार देखि पाँचौ स्थानमा रहन थालेको उल्लेख छ ।

विशेषगरी बाहिर घुमिरहने उच्च र मध्यम वर्गका परिवारका सदस्यको दशैं मनाउन विदेशतिर जाने संस्कृति बढेको उनको भनाइ छ । आफन्त विदेशमा बस्नेसँगको भेटघाटको माहोल दशैंकै समयमा मिलाउने र परिवारका सदस्य छुट्टि मनाउन विदेशीले संस्कृति नेपालमा बढेको खड्काले जानकारी दिए ।

दशैं केन्द्रित प्याकेज सुरु

दसैंको समयमा विदेश घुमघाममा गर्ने र रमाइलो गर्ने नेपालीको संख्या बढ्दै जाँदा दशैं केन्द्रित प्याकेज सुरु हुन थालेको छ । नेपालमा पछिल्लो समय आक्रामक बजारीकरण सुरु गरेको एस ट्राभलले आफ्नो आउटबाउण्ट टुर प्याकेज सार्वजनिक गरेको छ ।
ace-travel-package
आइतबार नै सार्वजनिक भएको यस्तो प्योकजमा यो वर्षबाट सुरु भएका र नयाँ देश थपिएको गन्तव्यको प्याकेजलाई मात्रै बजारीकण गरेको एस ट्राभलका इन्टरनेशनल होलिडे प्रवन्धक अनिल धरेलले बताए । उनका अनुसार ग्राहककको इच्छा अनुसार नै प्याकेज दिने एसले प्रवद्र्धनका लागि दुईदेखी ६ वटा मुलुक जान सकिने गरी प्याकेज सार्वजनिक गरेको छ ।

दुई लाख ५० हजार भन्दा वढी ग्राहकलाई सन्तोषजनक सेवा दिन सफल एसले ल्याएको यस्तो प्याकेजमा एकसातादेखि दुईसाता भन्दा लामो सयमकोे प्याकेज सार्वजनिक गरेको हो । गत वर्ष तीन देखि चार हजारको बीचमा मात्रै आउटबाउण्डमा नेपाली पठाएको यो कम्पनीले मात्रै यो वर्ष पाँच हजार भन्दा बढी हुने अपेक्षा गरिएको धरेलले बताए ।

पछिल्लो सयम नेपालीको खर्च गर्ने क्षमता बढ्दै गएका कारण आउटबाउण्डको प्याकेज पनि बढ्न थालेको छ । हाल नेपालमा पाँच दर्जनजति कम्पनीले आउटबाउण्ड सेवा दिन सुरु गरिसकेका छन्् । विश्सनिय सेवाका कारण ब्राण्ड बनाउन भने मुस्किलले एक दर्जनक कम्पनी मात्रै सफल भएका छन् ।

‘दशैंमा नेपाल बस्दा पनि खर्च त भैहाल्छ अलिकति रमाइले पनि हुने र इज्जत तथा प्रतिण्ठा पनि बढ्ने भन्दै नेपाली बाहिर जान रुचाउँने गरेका छन’, सोट्टो नेपाका अध्यक्ष खड्काको भनाइ छ ।
नेपालको अर्थतन्त्रले अपेच्छा अनुसार फड्को मार्न सकेको भए यो संस्कृति अझै फस्टाइसकेको हुने आउटबाउण्ड टुरको प्याकेज बेचिरहेको अर्को कम्पनी इन्सेन्टिभ टुर्सको भनाइ छ । इन्सेन्टिभबाट यो वर्ष दसैंको सयका लागि मात्रै १०÷१२ वटा आउटबाउण्ड टुरका प्योकजको तयारी गरिरहेको छ ।

विभिन्न प्रकारका प्याकेज शुल्क
पछिल्लो समय आउटबाउण्डको टुरको प्रचार गरेकै नेपाली तान्न सफल भएको एस ट्राभलले भने एउटै प्याकेजमा पनि इकोनोमि, प्रीमियम र लक्जरी गरी तीन प्रकारको प्याकेज ल्याएको छ । एसले सात रात आठ दिनको दुवाई मरिससको इकोनोमिक प्याकेज एक लाख ९८ हजारको, प्रीमियम २ लाख ३९ हजार र लक्जरी प्याकेज २ लाख ९९ हजार रुपैयाँको ल्याएको छ ।
malasiya-111
यसैगरी यो कम्पनीले थाइल्याण्ड, मलेसिया सिंगापुर, इन्डोनेसियाको १२ दिनको, चार युरोपेली मुलुकको आठ दिनेको, जापान र कोरिया आठ दिनको, बेलायत, स्कटल्याड, वेल्स १० दिनको, अमेरिका आठ दिनको, अस्टे«लिया आठ दिनको, यूरोपका ६ मुलुक १२ दिनको, अमेरिका नै १६ दिनको टुर प्योकज सार्वजनिक गरेको छ ।

एउटा कम्पनीले प्याकेज बनाएपछि अन्य टुर व्यवसायीले पनि जतिसक्दो छोटो समयको, एफोर्टेबल र आकर्षक प्याकेज बनाउने गरेको नेपाल एसोसिएशन अफ टुर अपरेटर्स (नाटो)मा आवद्ध व्यवसायी बताउँछन ।
व्यवसायीको काम व्यवसाय गर्ने भएकोले नेपालबाट बाहिर जानेलाई पठाउने र आउन चाहनेलाई ल्याउने काम गरेको व्यवसायीको बुझाई छ । एस ट्राभलमा आएको सोधपुछ र टुर वुकिङ गर्ने नेपालीमा देखिएको उत्साहको तुलनामा प्याकेज विक्री भने निकै कम रहेको उल्लेख छ ।

नेपालबाट विदेशमा घुम्न जानु भनेको नेपालीले वर्षोदेखि कमाएर बचाएको रकममा रमाइलो गर्न गर्ने घुमघाम नै भएको मार्कोपोले ट्राभलले जानकारी दिएको छ । विदेश जानु भनेको अहिले नजिकको तीर्थ हेला भनेजस्तो पनि भएको टुर व्यवसायी बताउँछन ।
अहिले दशैंमा विदेश जाने नेपाली भनेका हरेक वर्ष घुमिरहेका र वार्षिक आम्दानी राम्रै भएका वर्ग छन् । जो हरेक वर्ष एउटा न एउटा देश घुमरे रमाइरहेका हुन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.