नोकिया ११०० जस्तै एन्ड्रोइड फोन अाउँदै

  २०७३ भदौ ११ गते १३:५५     विकासन्युज

काठमाडौं, ११ भदौं। तपार्इंलार्इ नोकिया ११०० फोन कतिको याद छ ? जुन फोन संसारमै सबैभन्दा धेरै बिकेको थियो । नोकिया ११०० लार्इ स्मरण गराउन एक चिनियाँ कम्पनीले दुरूस्तै त्यस्तै एन्ड्रोइड स्मार्ट फोन ल्याउँदैछ ।

यदि तपार्इंलार्इ थाहा छैन भने नोकिया अब माइक्रोसफ्टबाट अलग भइसकेको छ र उसले चाँडै एन्ड्रोइड स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ ।

अब तपार्इं यहाँ थाहा दिनैपर्ने कुरा भनेको चीनको स्मार्टफोन कम्पनी उहान्सले विश्वकै सबैभन्दा लोकप्रिय फोनको सम्झनामा विशेष फोन लन्च गर्ने तयारीमा जुटेको छ ।

रिपोर्ट अनुसार यो फोनलार्इ ए१०१ नाम दिइएको छ । र, यो स्मार्टफोन उहान्सको चौथो उत्पादन हुनेछ ।

फोन एरीनाको रिपोर्ट अनुसार यसमा एन्ड्रोइडको ताजा भर्सन मार्म्यालो राखिनेछ । यसको स्क्रीन ५ इन्चको हुनेछ । यसमा मिडियाटेक क्वार्डकोर प्रोसेसर हुनेछ । नेपाली बजारमा आइपुग्दा यो फोनको मूल्य ९ हजार हाराहारी पर्नेछ ।

नोकिया र खासगरी नोकिया ११०० सँग जोडिएको यादलार्इ अहिले पनि दुनियाँभरका मानिसले सम्झिन्छन् । तर नोकिया ११०० लार्इ स्मरण गर्दै बनाइएको एन्ड्रोइड स्मार्टफोनले मानिसमा कतिको छाप छाड्नेछ, त्यो भने समयले बताउला ।

 

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.