तातोपानी नाका नखुल्नुमा नेपालकै कमजोरी, नेपाल सरकारले विकल्प नदिदाँ ढिलाइ

  २०७३ भदौ १० गते १:३९     विकासन्युज

काठमाडौं १०, भदौ । तातोपानी नाका सुचारू हुन नसक्नुमा चीनले नेपालकै कमजोरी औंल्याउन थालेको छ । नेपाल सरकारले कुन रूपमा नाका खोल्ने भन्ने विकल्प नदिँदा नाका खुल्न ढिलाइ भएको हो ।tatopani-1-1

सामान मात्र ल्याउने गरी नाका सुचारू गर्न हिउँदमा कुनै समस्या नरहेको चीनको सर्त छ । त्यसका लागि प्रवन्ध मिलाउन नेपाललाई लगातार अनुरोध गर्दा पनि वास्ता नगरेको उसको भनाइ छ ।

न्यालोम (कुती)बाट सिधा सडक निर्माण गर्दै तत्काललाई सिन्धुपाल्चोकको लार्चामा ल्याउने र पछि काभ्रेको पाँचखालमा नयाँ ड्राइपोर्ट बनेमा त्यहाँ सार्ने गरी काम गर्ने चीनको प्रस्ताव छ । यसमा नेपाल सरकारले तदारुकता नदेखाएको पनि उल्लेख छ ।
सडक सर्भेका काम दुवैतर्फ भइरहेको भएपनि आगामी हिउँदसम्मा यो बाटोलाई प्रयोगमा ल्याउने गरी काम भइरहेको पनि उल्लेख छ । सामान्य सुधार गरेर बाटो खुलाउने काम भएपनि सुधार स्थरोन्नतिको काम भने निरन्तर आवश्यक रहने उल्लेख छ । समाचार स्रोत कान्तिपुर दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.