आइफोन सेभेनमा विशेष क्यामेरा हुने

  २०७३ भदौ ९ गते १६:४९     विकासन्युज

क्यालिर्फोनीया ९ भदौ। एप्पलको आइफोन सेभेन मोड्युल रेयर क्यमरा अप्टिकल इमेज स्टेबलाइजर सहित आउने  भएको छ। म्याक र्‍युमरले सार्वजनीक गरेको तस्बिर अनुसार आइफोन सेभेनको मोड्युल क्यमरा ४.७ इन्चको हुने र यसमा अप्टिकल इमेज स्टेबलाइजर हुने जनाइएको छ।

उक्त  सिङगल लेन्स क्यामरामा चार सानो कटआउटस हुने र यसले आकर्षक तस्बिर लिन सकिने जनाइएको छ । सार्वजनीक गरिएको क्यामरा  सन् २०१४ मा बजारमा आएको आइफोन सिक्स र आइफोन सिक्स  प्लसमा भएका रियर क्यामरा भन्दा उत्कृष्ट र गुणस्तिरीय हुने जनाइएको छ ।

आइफोन सेभेनमा विशेष क्यामेरा हुने

विगतमा आएका आइफोन सिक्स र आइफोन सिक्स प्लसमा  भएका  रियर क्यामरा कटआउटस रहित थियो ।आइफोनले ४.७ इन्चको  सिङगल लेन्स क्यामरलाई  अप्टिकल स्टेबलाइजरका साथ अझै गुणस्तिरीय रुपमा ल्याउने र ५.५ इन्चको अर्को मोडमा ड्यिुल लेन्स क्यामरा र ३ जिबी र्‍याम जडान गरिने बताइएको छ।

 

एप्पलले आफुहरुले ल्याउने  अप्टिकल इमेज स्टेबलाइजर सहितको क्यामरा नै उक्त मोवाइल बिक्रीको आकर्षणको केन्द्र हुने बताइएको छ।  एप्पलले आइफोन सेभेन सेम्टेम्बर ७  र आइफोन सेभने प्लस सेम्टेम्बर ९ सम्ममा बजारमा ल्याउने विश्वास गरिएको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.