१० दिन पछि सिम्रिकको एओसी नवीकरण, नियमित उडान विहिबारबाटै

  २०७३ भदौ ९ गते २:११     विकासन्युज

काठमाडौं , ९ भदौं । उडान अनुमतिको इजाजतपत्र (लाइसेन्स) नवीकरण नभएर १० दिन देखि उडान बन्द भएको सिम्रिक एयरलाइन्सको उडान संचालन अनुमति (एओसी) नवीकरण भएको छ । simrik-airlines

आन्तरिक उडानको वायुसेवा कम्पनी सिम्रिकको उडान अनुमति नवीकरण गर्न मंगलबारको मन्त्रीपरिषद्ले निर्णय गरेपछि पर्यटन मन्त्रालले बुधबारै आगामी चार वर्षको लागि इजाजत नवीकरण भएको छ ।

सिम्रिमको उडान अनुमति नवीकरण गर्न दिने गरी मन्त्रिपरिषद्बाट निर्णय आएकोले सोही अनुसार बुधबार नै इजाजत नवीकरण गरेर प्राधिरण पठाएको पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राइले बताए ।

मन्त्रालयबाट इजाजत नवीकरण भएका कारण प्राधिकरणबाट पनि बुधबार नै उडान संचालन अनुमति (एओसी) नवीकरण भएको छ । ‘सिम्रिकले मन्त्रालयबाट इजाजत नवीकरण गरेर ल्याएका कारण हामीले पनि आजै नवीरकण गरेका छौं’, नेपाल नागरिक उड्डयन प्राधिकरणमा उपमहानिर्देशक राजनराज पोखरेले बताए ।

मन्त्रालय र नियमक निकायबाट इजाजत तथा उडान अनुमति नवीकरण भएकोले विहिबारदेखि नै उडान सुचारु हुने सिम्रिक एयरलाइन्सले जानकारी दिएको छ । सिम्रिकको उडान अनुमति मावनीय त्रुटिका कारण समयमा नै नवीकरण हुन नसक्दा विगत नौ दिनदेखि यो वायुसेवाको उडान बन्द रहेको थियो ।

सिम्रिकले आवश्यक सबै प्रक्रिया पूरा गरेर नवीकरण गरेको र विहिबारबाट नै नियमति उडान हुने जानकारी दिएको छ । सिम्रिकले एक विज्ञप्ती नै जारी गरेर नौ दिनदेखि रोकिएको उडान विहिबारबाटै नियमित हुने जानकारी दिएको छ ।
प्राधिकरणले पनि सिम्रिकलाई विहिबारबाट नै उडान सुचारु गर्न कुनै बाधा नरहेको जानकारी दिएको छ । सिम्रिकका आन्तरिक उडानमा चार वटा जहाज छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.