प्रभु बैंकको नयाँ शाखा सिन्धुलीमा

  २०७३ भदौ ८ गते १२:१७     विकासन्युज

काठमाडौं, ८ भदौ । प्रभु बैंकले बुधबारदेखि नयाँ शाखा सिन्धुलीमा सञ्चालन गरेको छ । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये बनेपा शाखा कार्यालयलाई सिन्धुलीमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

prabhu_branch_sindhuli

साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन सिन्धुली उधोग वाणिज्य संघका अध्यक्ष विनेश कुमार श्रेष्ठले एक समारोहकाबीच गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.