शिखर इन्स्योरेन्स र फोटोपत्रकार क्लबबीच बीमा सम्झौता

  २०७३ भदौ ८ गते ९:०६     विकासन्युज

काठमाडौं, ८ भदौ । शिखर इन्स्योरेन्स र फोटोपत्रकार क्लबबीच फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बीमा गर्ने सम्बन्धी सम्झौता भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा शिखर इन्स्योरेन्सका कार्यकारी निर्देशक दिप कुमार पाण्डे र फोटोपत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

sikhar_agrement_photopatrakआइएमइ ग्लोबल आइएमइ नेपाल फोटो प्रतियोगिताको नेपाल स्माइल बिधामा प्रायोजन गरेको शिखर इन्स्योरेन्सले फोटोपत्रकारहरुको क्यामेरामा ३ लाख सम्म, स्वास्थ्यमा १ लाख र दुर्घटनामा ५ लाखसम्मको बीमा गर्ने सम्झौता गरेको हो ।

कार्यक्रममा शिखर इन्स्योरेन्सका कार्यकारी निर्देशक पाण्डेले फोटोपत्रकारसँग गरिएको बीमा सम्झौताले नयाँ मोड लिएको बताउँदै यसलाई अझ फराकिलो दायरामा लैजाने जानकारी दिए । फोटोपत्रकारहरुको क्यामरा चोरी भएको अबस्थामा बीमा दाबी गर्न नसकिने र अन्य अबस्थामा गरिने बीमा दाबी क्लबको सिफारिसमा दिइने बताए । पहिले प्रिमियम तिर्न नपर्दा फाइदा हुन्छ भन्ने धारणा चल्दै आएको बताउँदै सिइओ पाण्डेले भने तर अहिले जस्ले प्रिमियम तिर्छ उसलाई बढी फाइदा हुन्छ ।

फोटोपत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले शिखर इन्स्योरेन्ससँगको सहकार्यले फोटोपत्रकारहरुलाई निर्धक्क आफ्नो जिम्मेवारीमा लाग्न प्रेरित गरको बताए । बिभिन्न आन्दोलका क्रममा फोटोपत्रकारका क्यामेरा, लेन्सको क्षति हुने गरेको तर कहिकतैबाट पनि क्षतिपूर्ति नआउने अबस्थाबाट मुक्त भएको बिचार ब्यक्त गरे ।

फोटोपत्रकार क्लबसँगको सहकार्यलाई लामो समयसम्म निरन्तरता दिने बताउँदै शिखर इन्स्योरेन्सका सिइओ पाण्डेले कुन बीमा कति प्रिमियम थप गर्न सकिन्छ आपसी सहमतीबाट तय गर्न सकिने जानकारी दिए । फोटोपत्रकार क्लबसँगको बीमा सम्झौता अनुसार बीमाशुल्कमा चालिस प्रतिशत छुट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.