कार्यविधि नहुँदा पर्यटन वर्ष अलपत्र, हतारमा घोषणा भएको निजी क्षेत्रको आरोप

  २०७३ भदौ ८ गते ६:३६     विकासन्युज

काठमाडौं, ८ भदौ । सरकारले २०७३ सालको नयाँ वर्षबाट सुरु गरेको अन्तरिक पर्यटन वर्ष अर्थात घुमफिर वर्ष २०७३ अलपत्र परेको छ । घोषणा भएको पाँच महिना पुगिसक्दा पनि यसको औचित्य र स्पष्ट खाका बनाउनै नसकेका कारण आन्तरिक भ्रमण वर्षको औचित्य नभएको नेपाल पर्यटन बोर्डकै कर्मचारीले बताउन थालेका हुन् ।

‘आन्तरिक भ्रमण वर्ष एउटा अभियान र नाराको वर्ष मात्रै हो यसले खासै कुनै ठूलो उद्देश्य लिएकै छैन’, बोर्डका एक कर्मचारीले भने । बोर्डको काम पर्यटनको पूर्वाधार निर्माण गर्ने नभएर प्रवद्र्धन गर्ने मात्रै भएको तर्क बोर्ड पदाधिकारी नै दिएर बस्छन तर पर्यटन अभियान वर्षको कुनै प्रभावकारी योजना बने बनाउँदैनन । tourism

‘सरकारले हतार हतारमा घोषणा गरेको यस्तो पर्यटन वर्षले अहिलेसम्म कुनै उत्साह छ, न त प्रभावकारित नै देखिएको छ’, सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष यमबहादुर खड्काले भने । सरकारी घोषणा मात्रै भयो कसरी गर्ने, कुने विधि अपनाउने र के गर्ने भन्ने स्पष्ट खाका नै हुन सकेन, उनले भने ।
सरकारले घोषणा मात्रै गरेर हुँदैन यसलाई कार्यान्वयन गर्ने आधार पनि दिनुपर्ने उनको बुझाई छ । बोर्डले अन्तरिक पर्यटन प्रभावकारी बनाउन ल्याएको यो अभियानको कार्यविधि अहिलेसम्म सरकारी निकायले स्वीकृति नै नगरेको पनि उनले जानकारी दिए ।
पर्यटन मन्त्रालयले वार्षिक करीब ६ लाख आन्तरिक पर्यटकलाई देशका विभिन्न गन्तव्यमा लैजाने उद्देशयले यस्तो अभियान ल्याएको जानकारी दिएको छ ।
यो अभियान सफल बनाउन पर्यटन बोर्डको तालुक निकाय पर्यटन मन्त्रालयले आन्तरिक पर्यटन कायविधि बनाएर स्वीकृतिका लागि अर्थ मन्त्रालय पुराएको छ । पर्यटन बोर्डले पर्यटन वर्ष घोषणा हुनासाँथ अगाडि बढाएको यो कार्यविधि दुई महिना पर्यटन मन्त्रालयमा र तीन महिनादेखी अर्थ मन्त्रालयका अड्किएको बोर्ड स्रोतले जानकारी दिएको छ ।
3rd-Culture and Tourism
बोर्डले पठाएको कार्यविधिमा अर्थले चासो नदेखाएपछि आन्तरिक पर्यटन वर्षको योजनानै अलपत्र परेको हो । कार्यविधि अड्किएपछि ग्रामीण पर्यटन प्रवद्र्धनका धेरै कार्यक्रम अलपत्र परेको मन्त्रालयका सचिव प्रेमकुमार राईले बताए । हरेक महिना ताकेता पर्यटन मन्त्रालयले कायविधिका सम्बन्धमा हरेक महिनाजसो अर्थमा ताकेता गरे पनि पास नभएको पर्यटन मन्त्रालयको गुनासो छ ।

‘भूकम्पपछि नराम्रोसँग प्रभावित बनेको पर्यटन क्षेत्रमा उत्साह ल्याउन यस कार्यक्रमको सफलता जरुरी छ,’ पर्यटन सचिवल भने । अर्थ मन्त्रालय उदार नभएपछि कार्यक्रम नै अलपत्र पर्ने अवस्थामा पुग्न लागिसकेको पनि मन्त्रालयको गुनासो छ ।

किन आवश्यक छ कार्यविधि ?

सरकारले बिदा पर्यटनको नाम दिएर सरकारी कर्मचारीलाई निश्चित खच दिनेगरी कार्यविधि अगाडि सारेको छ । यस्तो रकम लिएर पर्यटन मन्त्रलायका कर्मचारी मात्रै विभिन्न आन्तरिक गन्तव्यमा जाने गरेकोमा कार्यविधिपछि अन्य मन्त्रालय र सरकारी अधिकारी पनि यो कार्यक्रम सहभागि हुन सक्छन् । यसका लागि पर्यटन मन्त्रालयले प्रत्येक वर्ष बजेट पनि छुट्याउँछ । कायविधिले सरकारसँगै कर्पोरेट हाउसहरूले पनि आफ्ना कम्पनीलाई वर्षमा निश्चित समय घुम्न पठाउनुपर्ने प्रावधान समेटेको छ ।

यस कायविधिको उद्देश्य नै आन्तरिक पर्यटन वर्ष तथा घुमफिर वर्ष २०७३ लाई सफल बनाउने रहेको उल्लेख छ । एक साता अनिवार्य बिदा मन्त्रालयले सरकारी कार्यालय तथा निजी कम्पनीले कर्मचारीलाई ७ दिन अनिवार्य बिदा पर्यटनमा पठाउनुपर्ने प्रावधान राखी कायविधि बनाएको छ । मुलुकभरका पर्यटन व्यवसायीबाट आफ्नो सेवा–सुविधामा दिन सक्ने अधिकतम छुट र प्याकेज सरकारलाई उपलब्ध गराउन सकिने व्यवसथा पनि कार्यविधिमा छ ।

सरकारी नियकाले कुनै पनि काम कानुन, विधि र विधान बाहेक नहुने भएकोले पनि आन्तरिक पर्यटनको प्रवद्र्धन विकास, निजी क्षेत्रलाई प्रोत्साहन तथा व्यवसायीक प्योकज निर्माणमा बोर्डको साथसहतिका विषयका काम गर्न कार्यविधि आवश्यक रहेको छ ।

अन्तर्राष्ट्रिय पर्यटन वर्षलाई धक्का

सरकारले ल्याएकको आन्तरिक भ्रमण वर्ष असफल भए आगामी सन् २०१८ को अन्तर्राष्ट्रिय पर्यटन भ्रमण वर्ष पनि प्रभावित हुने भएको छ । अहिले प्रभावकारी ढंगले काम गर्न सके र आन्तरिक पर्यटन वर्षले कुनै सन्देश दिने काम हुन सकेन भने सन् २०१८ को पर्यटन भ्रमण वर्षमा नकारात्ममक सन्देश प्रवाह हुन्छ ।

Tourism
आन्तिरक वर्ष नै सफल नभए निजी क्षेत्रले अन्तर्राष्ट्रिय वर्षलाई पनि कुनै साथ नदिन सक्छन् । निजी क्षेत्र नाफामुखी र जहाज बढी फाइदा हुन्छ त्यहि जाने निकाय भएकोले पनि अहिले कुनै लाभ नपाए यसपछि पनि लाभ हुन्छ भन्नेमा विश्वास गुम्ने उल्लेख छ । यसर्थ आन्तरिक भ्रमण वर्ष असफल भए यसको गम्भिर धक्का २०१८ को अन्तर्राष्ट्रिय भ्रमण वर्षलाई लाग्ने छ ।

आन्तरिक जागरण प्रभावकारी हुन्छ

घुमफिर वर्ष सफल हुन सके र विविध कार्यक्रम गरी यसलाई सफल बनाउन सकिए आन्तरिक जागरण पनि प्रभावकारी हुने बोर्डको भनाइ छ । पर्यटन क्षेत्रमा कुनै न कुनै गतिविधि भइरहने र पर्यटन कृयाकापमा प्रभावकारि सन्देश प्रवाह गर्न पनि यसले सहयोग पुग्ने बोर्डले बुझाई छ ।

यस अघि पर्यटन वर्ष २०११ ले लक्षित विदेशी पर्यटकको सङ्ख्या नपुगे पनि आन्तरिक पर्यटक भने बढाएको दाबी बोेर्डको छ । नेपालको एक स्थानकाबाट अर्काे स्थानमा घुम्ने आन्तरिक पर्यटक करीब २५ देखि ३० प्रतिशत बढेको नेपाल पर्यटन बर्ष २०११ का राष्ट्रिय कार्यक्रम संयोजक योगेन्द्र शाक्यले भनाइ छ ।

विदेशी पर्यटक अपेच्छा अनुसार भित्र्याउनु नसक्नु कमजोरी भएको स्वीकार्दै शाक्यले भने, ‘आन्तरिक जागरणमा बढाएर पर्यटन वर्षमा सरकारले पर्यटकीय क्षेत्रका गाँउ घुम्ने नेपालीको सङ्ख्या भने बढाएको छ ।
पर्यटन वर्षमा नेपाल आएका ४० प्रतिशत पर्यटकलाई गाँउ पु¥याँउने लक्ष्य सन् २०११ मा नै राखिएको थियो, शाक्यले भने । सोही लक्ष्य अनुसार विदेशी पर्यटक कति गाँउ पुगे भन्ने स्पष्ट तथ्यांङ्क नभएपनि आन्तरिक पर्यटकले भने सन्तुष्ट हुनसक्ने माहौल बनेको शाक्य बताउँछन् ।
सबै ग्रामिण भेगसम्म पुग्न नसकेपनि प्रमुख पर्यटकीय क्षेत्रमा भने Nepal-Tourism-Boardपर्यटन वर्षले लिएको ४० प्रतिशतको लक्ष्य अहिलेसम्म करीब पुगेको छ ।
पर्यटन अभियान वर्षको लाभ होमस्टेमा सरकारले ल्याएको यस्तो पर्यटन वर्ष नीतिगत रूपमा सफल भए वा नभएपनि होमस्टेले पाउँने लाभ भने निकै राम्रो भएको काभ्रेको पात्लेखेत होस्टेका अध्यक्ष केशव बडालको भनाइ छ ।

बढालका अनुसार आन्तरिक पर्यटक जागरण अभियान चलेको छ । धेरेथोरै जे भएपनि पाहुना होमस्टे भन्दै आफ्नो घरमा आए बस्ने खाने गरेका छन । यसले गर्दा आर्थिक आम्दनीको अतिरिक्त माध्यम पनि बनेकोले पर्यटन वर्ष अभियानले होमस्टेलाई भने लाभ पुगेको उनको तर्क छ ।

सरकारले पर्यटन वर्षकै माध्यमबाट होमस्टेमार्फत गाँउगाउँसम्मा पर्यटनको जागरण अभियान चलाउनु, विभिन्न महोत्सवलाई आन्तरिक पर्यटन महोत्सवका रूपमा मनाउनु र राजनीतिक दलले समेत आ–आफ्नो क्षेत्रमा पर्यटनको गतिविधि सञ्चालन गर्नु नै आन्तरिक जगरणको अभियान चालएको छ ।
पर्यटन वर्ष घोषणा भएपश्चात सात सय ट्रभलएजेन्सी अहिले तीन हजार पुगेका छन् । १ हजार ट्रेकिङ एजेन्सी २५ सय। एक दर्जन हवाई खेलकुद कम्पनीका संस्था पाँच दर्जन, आधा दर्जन आन्तरिक वायुसेवा संख्या डेढ दर्जन भएको पनि मन्त्रालयको तथ्यांकले देखाएको छ ।

घुमफिर वर्षलाई एक करोड

घुमफिर वर्ष २०७३ लाई प्रवद्र्धन गर्न पर्यटन बोर्डले एक करोड १५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । आन्तरिक पर्यटक प्रवद्र्धन गर्न र आन्तरिक पर्यटकीय गन्तव्यको विकासका निम्ति बोर्डले यो रकम विनियोजन गरेको हो ।
यो बजेटले पर्यटकीय स्थलको भ्रमण, जनचेतना अभिवृद्धि, पर्यटकीय गन्तव्यको स्थलगत निरीक्षणसहितका कार्यमा खर्च गर्ने गरी बजेट तय भएको बोर्ड सदस्य सापकोटाले बताए । बोर्डका अनुसार कार्यविधि नआए यो पैसा पनि खर्च हुन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.