तपाईको ब्रोडव्याण्ड इन्टरनेट स्लो भयो, पासवर्ड परिवर्तन गर्नुहोस छिमेकिले चलाइको हुनसक्छ !

  २०७३ भदौ ७ गते १६:१६     विकासन्युज

काठमाण्डौं  ७ भदौ। तपाईको घरमा ब्रोडव्याण्डको ‘लिमिटेड डेटा’को समयावधि चाँडै सकिरहेको छ अथवा युट्युवमा भिडियो खुल्दा बफरिङमा धेरै समय लागिरहेको छ।

त्यसो हो भने तपाइले एकपटक सोच्नैपर्ने हुन्छ छिमेकिले तपाइको वाइफाइ चलाइरहेको छ। यस्ता कुराहरु तपाईका लागि हानिकारक पनि हुनसक्छन् जसका कारण तपाइ कानुनी समस्यामा समेत पर्न सक्न्हुन्छ। उनीहरुले तपाईको इन्टरनेट प्रयोग गरेर कानुनविपरितका कामहरु पनि गरिरहेका हुनसक्छन।

ब्रोडव्याण्ड इन्टरनेटको स्पिड धेरै हुने गर्दछ यसका लागि तपाईको छिमेकिले वाइफाइको पासवर्ड पाउनका लागि हर कोसिस गरिहरको हुन्छ। तपाईलाई वाइफाइको पासवर्ड कसैले चालएको भनेर शंका छ भने कसले चलाएको छ भनेर पत्ता लगाउनु जरुरी छ।

कसरी पत्ता लगाउने

इन्टरनेट ब्राउजरको एड्रेस वारमा गएर १९२.१६८.१.१ टाइप गर्नुहोस। त्यसपछि राउटरको युजरनेम र पासवर्ड राखेर एडमिन पेजमा जानुहोस्। त्यसमा डिएचसिपी क्लाइन्ट लिस्ट लेखेको देखाउँछ।

त्यहाँ कुनकुन डिभाइसहरु तपाइको वाइफाइसंग कनेक्ट भएको छ त्यो देखाउँछ। प्रत्येक डिभाइसको अलग अलग युनिक नामहरु (आएएमइआइ र म्याक एड्रेस) रहेका हुन्छन् जसका कारण डिभाइस पत्ता लगाउन सजिलो हुन्छ।

त्यसका लागि आफ्नो राउटर लगइन गरेर राउटर र वाइफाइको पासवर्ड परिवर्तन गर्नुहोस। यो पासवर्ड सवैले पत्ता लगाएका हुन्छन त्यसैले यो काम पहिले गर्नुपर्छ। पासवर्ड परिवर्तन गरेपछि सवै डिभाइसमा नयाँ पासवर्ड राख्नुपर्दछ।

राउटरको नाम परिवर्तन गर्दा छिमेकिले राउटरको नाम पनि पत्ता लगाउन केहि मुस्किल पर्दछ। वायसलेस सेटिङ मेनुमा सर्भिस सेट आइडेन्टिफायर (एसएसआइडी) हुन्छ यसवाट यसको परिवर्तन गर्न सकिन्छ।

राउटरको सेक्युरिटि सेटिङमा ‘डव्लुपिए२’ को छान्नुपर्दछ किनकि सेक्युरिटीमा यसको पासवर्ड इन्क्रिप्सन सवैभन्दा राम्रो र उत्कृष्ट हुन्छ। सन् २००६ भन्दा पछि बनेका सवै राउटरमा यो सुविधा रहेको हुन्छ।

विविसी हिन्दीवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.