नेपाल लाइफ ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्डबाट पुरष्कृत

  २०७३ भदौ ६ गते १०:५५     विकासन्युज

काठमाडौं, ६ भदौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार तेस्रो पटक बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्डबाट पुरष्कृत भएको छ । न्यूबिजिनेस एज प्रालिको आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” को अवसरमा यस कम्पनीलाई उक्त पदकबाट सम्मानित गरिएको हो ।

life_insurance_wins_award
कम्पनीले आर्थिक वर्ष २०७२/७३ अवधिमा कुल बीमा शुल्क आम्दानी १० अर्ब २५ करोड रुपैयाँ हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । जीवन बीमा व्यवसायको क्षेत्रमा करिब ३५ प्रतिशत बजार हिस्सा ओगटी अग्रणी कम्पनीको रुपमा आफ्नो पहिचान कायम राखेको छ ।

साथै, यस कम्पनीले आफ्नो बिमितहरुलाई प्रतिवर्ष प्रति हजार बिमाङ्कमा बोनस ६५ देखि ८२ रुपैयाँसम्म प्रदान गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.