तपाईको स्मार्टफोनको व्याट्री चाँडै सकिन्छ, यी एपहरु नराख्नुहोस्

  २०७३ भदौ ६ गते १:४४     विकासन्युज

काठमाडौं ६ भदौ। स्मार्टफोन चलाउनुहुन्छ, यी एपहरु धेरै रहेका छन् भने तपाइको स्मार्टफोनले चाँडो र धेरैमात्रामा व्याट्रीको खपत गरिरहेका हुन्छन जसका कारण मोवाइलको व्याट्री सकिन्छ।

आजभोलि स्मार्टफोन प्रयोगकर्ताको सवैभन्दा चासोको विषय भनेको नै व्याट्री हुने गरेको छ। यद्यपी स्मार्टफोनको व्याट्री टिक्ने र नटिक्ने कुरा यसको बनावट र स्पेसिफिकेसमा निर्भर रहेको हुन्छ। यसमा हामीले प्रयोग कति गर्छौ भन्ने मूख्य कुरा हो।

स्मार्टफोनको धेरै व्याट्री डकुमेन्ट इडिट, म्युजिक र भिडियो स्ट्रिम, गेम खेल्दा र इन्टरनेटसंग कनेक्टेड भइरहदा धेरै खर्च हुने गरेको छ। तर यो कुरा गरिरहँदा अरु एपहरुलेचाहि व्याट्री नसक्ने भन्ने होइन, यी एपहरुले अरु एपको तुलनामा धेरै व्याट्रीको खपत गर्छन्।

यी एपहरु हुन् धेरै व्याट्री खपत गर्ने

. फोटो इडिटिङ सम्वन्धि एपहरु

यदि तपाई फोटोग्राफीमा सैखिन हुनुहुन्छ र तत्काल फोटो खिचेर इडिट गरी सोसियल मिडियामा अप्लोड गर्नुहुन्छ भने तपाइ यो नसोच्नुस तपाइको स्मार्टफोनको व्याट्रिले पुग्छ। त्यसका लागि तपाइलाई पोर्टेवल पावर बैंकको आवश्यकता पर्दछ।

सामान्यतया फोटो इडिटङ एपहरु साइजमा पनि ठूला हुन्छन् र यीनिहरुलाई प्रोसेसिङ गर्दा पनि धेरै पावर लाग्छ। जसका कारण तपाइको स्मार्टफोनको व्याट्री चाँडै सकिन्छ।

. सोसियल मिडिया एप

फेसवुक, ट्विटर लगायत एपहरु संसारकै सवैभन्दा पपुलर एपमा पर्दछन्। र यसका साथै यीनिहरु सवैभन्दा धेरै व्याट्री खपत गर्ने एपहरुमा पनि पर्दछन्।

यी एपहरु चल्दा व्याकग्राउन्डमा सेन्ड नोटिफिकेसन पठाइरहेका हुन्छन्। फेसवुकमात्र हैन, मेसेन्जरले पनि धेरैमात्रामा व्याट्रीको खपत बढाइरहेको हुन्छ। अरु धेरै व्याट्री खपत गर्ने एपहरुमा स्न्यापच्याट, स्काइपी र इन्टाग्राम पर्दछन्।

. इन्टरनेट व्राउजर एप

तपाइले स्मार्टफोनको व्याट्री धेरै टिकाउनु छ भने डिफल्ट भएर आएको व्राउजर नै चलाउनु बेस हन्छ र अरुलाई हटाइदिदा हुन्छ।

केहि व्राउजरहरुमा धेरै फिचरहरु रहेको हुन्छ। जस्तै स्कोरवोर्ड, सोसियल मिडिया नोटिफिकेसन लगायत वेभ नोटिफिकेसन। यीनिहरु व्याकग्राउन्डमा एक्टिभ रहेका हुन्छन् भने तीनिहरुले व्याकग्राउन्ड एप र व्याट्री खपत गरिरहेका हुन्छन्।

. गेमिङ एप

स्मार्टफोनवाट एपहरु हटाउन समस्या त पर्छ तर सवैभन्दा धेरै व्याट्री खपत गर्नेमा गेमिङ एप पर्दछ। यसमा पनि थ्रिडी एनिमेसन गरेका एपहरुले धेरै खपत गर्छन्।

जस्तै क्लास अफ क्लान्स, एजफाल्ट, इनजस्टिस,मोडेम कम्व्याट लगायत ड्रिल गर्ने एपहरुले धेरै व्याट्री खपत गरेको पाइएको छ। अझ भर्खरै मात्र लन्च भएको पोकमेन गोले पनि धेरै व्याट्री खपत गर्छ।

तपाइले यस्ता गेमहरुलाई हटाउन गार्हो पर्दछ तर यीनिहरुलाई स्टप गर्न भने मिल्छ। तर यीनिहरु इन्टरनेटको पहुचमा पुगेपछि आफै एक्टिभेट हुने गर्दछन्।

. व्याट्री सेभर एप वा र्याम क्लिनिङ एप

व्याट्री सेभर एपहरु तपाइको स्मार्टफोन आइडियल मोडमा छ भने पनि व्याकग्राउन्डमा चलिरहेका हुन्छन्। यी एपहरु रेगुलर रुपमा होगिङ एप वा जन्क फाइललाई स्क्यानिङ गरेर वसिसहरेका हुन्छन जसका कारण धेरै व्याट्रीको खपत भइरहेको हुन्छ।

. एन्टिभाइरस एप

एन्टिभाइरस एपहरु पनि व्याट्री सेभर एपजस्तै हुन्। यस्ता एपले पनि व्याकग्राउन्डमा स्क्यानिङ गरिहेका हुन्छन जो प्रायोगकर्तालाई थाहा भएको हुँदैन।

यस्ता एपले स्मार्टफोनको व्याट्रीलाई भित्रभित्रै सकाइरहेका हुन्छन्। कोही एन्टिभाइरस एपको क्यामेरासंग पनि एक्सेस भएको हुन्छ जुन स्मार्टफोन अनलक गर्दा खुलिसक्छ जसका कारण पनि यिनिहरुले धेरै व्याट्री खपत गरिरहेका हुन्छन्। – See more at: http://www.bizmandu.com/content/-19943.html#.V7pVNfl97IU

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.