पर्यटनको प्याकेज बनाउन गृहकार्य

  २०७३ भदौ ५ गते ६:१५     विकासन्युज

काठमाडौं ५, भदौ । नेपालको पर्यटनको अन्तर्राष्ट्रिय प्रवद्र्धनको प्याकेज बनाउन पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डबीच आवश्यक गृहकार्य सुरु भएको छ । पर्यटन प्रवद्र्धन र विकास गर्न यस्तो प्याकेज आवश्यक भएकोले पनि बोर्डले निजी क्षेत्रसँग सहकार्य गर्न लागेको जानकारी दिएको छ ।
uttarakhand-tour-packages
नेपालको पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्र सधै अग्रसर रहेको नेपालका पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी राजनिन्द्र सापकोटाले बताए । उनका अनसार पर्यटकीय प्याकेज बनाउन नेपाल पर्यटन, बोर्ड, नेपाल सरकार, नेपाल वायुसेवा निगमसहितका नियका तयार रहेकोले आवश्यक गृहकाय आवश्यक भएको बताए ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग सहकार्य गरेर पहिलो प्याकेज बनाउन सकिने पनि सापकोटाले बनाए । उनले वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई भेटेरै निगममार्फत आउने विदेशी पर्यटकको लागि निजी क्षेत्रसँगको सहकार्यमा प्याकेज बनाउँन सकिने जानकारी दिए । कंसाकारले पर्यटन प्रवद्र्धन गर्न वायुसेवा निगम सदैव तयार रहेको पनि बताए । उनका अनुसार राष्ट्रिय ध्वजाबाहकको पनि प्रवद्र्धन हुने र पर्यटन व्यवसायीसँग सहकार्य गर्दै सबैले लाभ पाउने तर्क दिएका छन् ।

नेपाल पर्यटन बोर्डले आन्तरिक भ्रमण वर्ष मनाइरहेको र सन् २०१८ लाई अन्तर्राष्ट्रिय पर्यटन भ्रमण वर्ष मनाउने निर्णय नै गरेकोले पनि पर्यटकीय प्याकेज आवश्यक भएको बताएको छ । बोर्डले यस अघि नेपालको निजी क्षेत्र अन्तर्गतका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, होटल संघ नेपाल, सोसाईटी अफ टर एण्ड ट्राभल अपरेटर्स नेपाल, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्सलगायतसँग एकपटक छलफल गरिएको नेपाल पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माको भनाइ छ ।

बोर्डले नेपाल जापान स्थापना दिवसको ६० औ वर्षको अवसरा पारेर जापानीज पर्यटक आकर्षण गर्न पर्यटकीय प्याकेज बनाउने विषयमा पहिलो चरणमा छलफल सकिएको बताएको छ ।

निजी क्षेत्रले दिने सेवा सुुविधालाई बोर्ड तथा व्यवासायीको अन्तर्राष्ट्रिय पर्यटन मेलामा प्रवद्र्धन गर्ने गरी योजना बनेको उल्लेख छ । यस्तो पर्यटकीय प्याकेजमा वायुसेवा निगम, नेपालका पदायत्रा व्यवसायी, ट्राभल एण्ड टुर व्यवासायी सबैले छुट्टाछुट्टै पर्यटन प्रवद्र्धनको प्याकेज बनाउन आग्रह गरिएको पनि उल्लेख छ ।

बोर्डले गर्ने प्रवद्र्धनमा सधै निजी क्षेत्रसँगको सहकार्य हुने गरेको बोर्डका सीईओ दीपकराज जोशीले बताए । उनले नेपालको पर्यटन प्रवद्र्धन गर्ने र ब्राण्डिङ गर्ने विषयमा बोर्ड सधै तयार रहेको पनि बताए । होटल संघ नेपालका महासचिव विनायक शाहले निजी क्षेत्र सधै पर्यटनको सकारात्मक प्रचार गर्न तयार रहेको छ । यसका लागि सरकारी निकायसँगको सहकार्य आवश्यक भएको तर्क दिएका छन् ।

सामाजिक पर्यटनको प्याकेज बनाउन छलफल नै सुरु

निजी क्षेत्रले बोर्डसँग मिलेर पर्यटकीय प्याकेज बनाउन सकिने विषयमा शनिबार एक दिने बहस सुरु नै भएको छ । शनिबार पर्यटन बोर्डमा सामाजिक पर्यटनको प्याकेज विषयमा एक अन्तरक्रिया पनि भएको थियो ।

समूदायको निम्ति योगदान दिन आउने पर्यटकीय गतिविधिलाई सामाजिक पर्यटनको प्याकेज बनाउन सकिने पर्यटन मन्च नेपालका अध्यक्ष मनोज गिरीले बताएका छन् । गिरीका अनुसार सामाजिक पर्यटनलाई प्याकेज बनाएर प्रवद्र्धन गर्न सके पर्यटनको दायरा फराकिलो हुने उनले पेश गरेका छन् ।

सामाजिक पर्यटन प्रवद्र्धन गर्न सके समाजमा पर्यटकीय गतिविधि नै सुरक्षित र व्यवस्थित हुन सक्ने तर्क पछि अगाडि सारेको छन् । सामाजिक पर्यटनले पर्यटनको उद्देश्य स्पष्ट हुने तथा पर्यटकीय गतिविधिको निगरानीमा सहजता हुने तर्क पनि पेश गरेका छन् ।

भिसामा पर्यटकीय प्रयोग नहुँदा समस्या

नेपाल आउने विदेशी पर्यटकको भिसामा नै कुन प्रयोजका निम्ति भनेर वर्गीकरण प्रयोजन खुलाने काम नहुँदा समस्या रहेको अध्यागमन विभागका महानिर्देशक केदार न्योपानेले बताए । उनका अनुसार नेपाल आउने विदेशी पर्यटन भिसामा आएर गैरपर्यटकीय गतिविधिमा संलग्न हुनेको संख्या बढिरहेको छ । यसका निम्ति कुन प्रयोजन, कति दिन, नेपालमा के के गर्ने कहाँ बस्ने भनेर अध्यागमनमा नै खुलाएर आउनको लागि पर्यटकको भिसामा नै उल्लेख हुनुपर्ने अधिकारीको बुझाइ छ ।

नेपालमा आउने विदेशीमध्ये बार्षिक करीब ३० हजार जनाले पर्यटन भिसामा नाममा गैरपर्यटकीय गतिविधिमा संलग्न हुने गरेको बताइएको छ । नेपालमा विदेशी भन्नेवित्तिकै सहजै भिसा पाउने त्यसमा पनि पर्यटक भिसामा प्रवेश सहज भएकोले गैरपर्यटकीय गतिविधि बढेको केदार न्यौपानेले बताएका छन् ।

‘नेपाल आउने सबै विदेशी पर्यटक होइनन्’, न्यौपानेले भने । विदेशीले पनि अन्य प्रयोजन खुलाउँदा झण्झटिलो प्रक्रिया हुने, भिसा नपाउने र आफ्नो रुचीले काम गर्न नपाइने भएकोले पर्यटक भिसामा नै आउने गरेको न्यौपाने बताउँछन् ।
अध्यमागमन नीति नभएको र पर्यटकले उद्देश्य खुलाउनैपर्ने बाध्यकारी व्यवस्था नभएकोछैन। भिसामा उल्लेख नहुँदा कानुनले नगर्नु भनेको कुरा गर्नु पनि अपराध नै हो । नेपालमा अहिले पर्यटकले अपराध गरे वा भिसाको समय भन्द बढी बसेको बाहेकको जानकारी नआउने नभएको अध्यागमन विभागको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.