सोल्टीको काकुरीमा दुईसातालाई खाना महोत्सव

  २०७३ भदौ १ गते ४:५५     विकासन्युज

काठमाडौं, १ भदौं । पाँचतारे होटल सोल्टीमा खाना महोत्सव भइरहेको छ । आइतबार साँझ भारतीय राजदूत रन्जित रेले उद्घाटन गरेर सुरु भएको यो महोत्सव दुई सातासम्म संचालन हुने सोल्टी होटलकी बजार बजार तथा जनसम्पर्क विभागकी सहायक प्रबन्धक अनुपमा महर्जनले बताएकी छिन । सोल्टीको काकुरी नामक रेस्टुरेन्टमा उत्तर दक्षिण भोजन महोत्सव भइरहेको उनले बताइन् ।

पाँचतारे होटल भन्दैमा साह्रो महङ्गो शुल्क राखिएको छैन । आम सर्वसाधारणकै क्षमतामा रहेको मुल्यमा होटलले खानाको सेवा दिएको छ । गत वर्ष पनि सोल्टी क्राउन प्लाजा काठमाडौंमा उत्तर दक्षिण भोजन महोत्सवको आयोजना गरेको थियो । soltee-phtoयो वर्ष पनि हामीले गएकै वर्षजस्तै विशेषगरी भारतीय र अन्य खानका पारखीका लागि यो महोत्व आयोजना गरेको महर्जनको भनाइ छ ।
अतुलनीय, स्वादिष्ट, मसालेदार तथा सुसज्जित भोजन सोल्टीले अहिलेसम्मकै धेरै स्वादमा खाना महोत्सव आयोजना गरेको पनि सोल्टीको भनाइ छ । गत सोमबारबाट औपचारिक रुपमा शुरु गरिन भएको यो महोत्सव दुई सातासम्म लगातार संचालन हुनेछ ।

सोल्टीमा किन खाना महोत्सव ?

विभिन्न पेय पदार्थ, स्टार्टर, मेन कोर्षदेखि मिष्ठान्न सम्मका मनै लोभ्याउने थरिथरीका परिकार पस्कन सोल्टीले आफ्नै रेस्टुरेन्टमा यो महोत्सव गर्ने गरेको छ । भारतको उत्तर देखि दक्षिण प्रान्तमा परम्परागत कालदेखि प्रचलनमा रहेका पाकवान विधि तथा तिनको अत्याधुनिक प्रविधिबाट तयार गरिएको खानालाई सोल्टीले एउटै थलोमा पस्कने गर्छ ।
यस महोत्सवमा उत्तरका पञ्जाब, चन्द्रिगढ, उत्तराखण्ड, हरियाणा, उत्तर प्रदेश, काश्मीर देखि दक्षिणका तमिलनाडू, कर्नाटका, केरला र आन्ध्र प्रदेशमा लोकप्रिय रहेका पनि सोल्टीले राखेको छ । खानाका विभिन्न व्यञ्जनलाई विशिष्टीकृत तथा वृहत मेनु प्रस्तुत गरिएको छ । होटलका प्रमुख सेफ युवराज पोखरेलले महोत्सवमा आएका खानाका पारखीले चाहेकै स्वादमा खाना पस्किरहेका छन् । खानामा धेरैजसो पीरो, जडिबुटी र मसलादार खाना भारत अन्य देशबाट आयात गरिएको होटलको भनाइ छ ।

भारतीय परिकारभित्र विभिन्न प्रान्तमा स्थानीय मसला, जडिबुटी, तरकारी तथा फलफूलहरुको प्रयोग हुने गरेको छ । दुवैै थरी परिकारमा उस्तै उस्तै मसलाहरु (वेशार, ल्वांग, मरीच, , दालचिनी, कडीपत्ता, असाफुटिडा इत्यादि) प्रयोग गरिए तापनि तिनको मात्रा र प्रयोग विधिचांहि फरक हुन्छ । यसै खानको स्वादलाई पस्कन सोल्टीले खाना महोत्सव गरेको बताएको छ ।

होटलको यो महोत्सवमा भारतीय मेनुका परिकार दही, पनीर तथा अचारसंगै चपाती, पराठा, दालहरु मुख्य रुपमा रहेको ब्यञ्जन रहेको छ । तन्दूरमा पकाइएको, अति नै लोकप्रिय, ताजा ताजा तन्दुरी चिकेन समेत छ ।
आलु मेथी, पुदिना संगम, मेथीले भुटेकोे बेबी पोटेटो तथा अनेकथरी मसलाले झानेको दालको मेनु पनिरहको छ । महोत्सवमा ग्राहकले रुची अनुसारकोअन्य विविध मेनु पनि रोज्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.