बीबीसीमा नौ करोडको नेपाल प्रचार गर्दै बोर्ड

  २०७३ भदौ १ गते १:४८     विकासन्युज

काठमाडौं, १ भदौ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको एकमात्र निकाय नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्ष २०७३÷०७४ मा नौ करोड रुपैयाँ अन्तर्राष्ट्रिय संचारमा माध्ययमा खर्च गर्ने भएको छ । बोर्डले व्रिटिश बोर्डकास्टिङ कर्पोरेशन (बीबीसी)मा मात्रै चालू आवमा नौ करोड रुपैयाँ खर्च गरेर नेपालको पर्यटन प्रवद्र्धन गर्ने भएको छ ।
ntb
साउनबाटै कार्यान्वयन गराउने गरी तय गरेको बोर्डले चालू आवको एक अर्ब १२ करोड रुपैयाँको बजेटमा नौ करोड रुपैयाँ बीबीसीलाई मात्रै खर्च गर्ने बोर्डका सदस्य राजेन्द्र सापकोटाले जानकारी दिए ।

बजेटमार्फत बीबीसीमा खर्च गर्ने गरी तय गरेको यो बजेट सन् २०११ पछि दोस्रोपटक भएको पनि बोर्डले जानकारी दिएको छ । सन् २०११ मा नेपालको प्रचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत गर्ने विषयले निकै महत्व पाएको भए पनि समयमा नै रकम भुक्तानी गर्न नसक्दा समस्या भएको थियो ।

बोर्डले प्रभावकारकारी ढंगबाट अन्तर्राष्ट्रिय मिडियामा जान नसकेको आलोचना बढेपछि चालू लागि बेजेटमै समेटेर कार्यक्रम ल्याएको दाबी सापकोटाको छ । बोर्डले यस अघिका दुई वर्ष बीबीसी र सीएनएनमा नेपालको प्रचार गर्ने भने पनि खर्च हुन नसकेका कारण गत आवको बजेटलाईसमेत चालू आवमै खर्च गर्ने व्यवस्थासमेत मिलाएको बोर्ड सदस्यले बताए ।

उनका अनुसार बोर्डको यो वर्षको बजेट सामाजिक सन्जालमार्फत खर्च गर्नेदेखि डिजिटल मार्केटसम्मा केन्द्रित रहेको छ । बोर्डले आगामी आवको बजेटमा सामाजिक संजालमार्फत पर्यटन प्रर्वद्धन गर्ने योजन अगाडि सारिसकेको जानकारी दिएको छ । बोर्डले प्रवद्र्धनका काम गर्दा सामाजिक सञ्जालको प्रयोग, डिगिजटल मार्केट, अन्तराष्ट्रिय सञ्चार माध्यममा नेपालको प्रवद्र्धन गर्ने तथा अनलाइन मार्केटसम्म पुग्ने गरी नयाँ र आधुनकि शैलीलाई पछ्याउँदै आगामी आर्थिक वर्षको बजेट तयार पारेको छ ।

बोर्डले पहिलोपटक डिजिटल मार्केटमा जाने गरी बजेट तय गरेको हो । बोर्डले पहिलोपटक प्रवद्र्धनात्मक सामग्रीको प्रचार गर्न डिजिटल मार्केटमार्फत जाने गरी बजेट तय गरेको छ । बोर्डले चालू आवका लागि पर्चा, पम्प्लेट, पोस्टर नछाप्ने र यसका लागि डिजिटलमार्फत प्रवद्र्धन गर्ने गरी एक करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।

बोर्डले पहिलोपटक अन्तराष्ट्रिय ट्राभलको वेवपोर्टल ट्रिप एडभाइजरमार्फत नेपालको प्रवद्र्धन गर्न दुई करोड ५० लाख रुपैयाँ खर्च गर्ने गरी बजेट तय गरेको छ । नेपालमा हिमालय ट्राभल मार्ट आयोजना गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्समार्फत नेपालमा विभिन्न टोलीलाई भ्रमण गराएर नेपालको प्रवद्र्धन गर्न ८० लाख रुपैयाँ खर्च गर्ने गरी बोर्डले बजेट तय गरेको छ ।

बोर्डले तय गरेको चालू आवको बजेटमा २६ करोड ५० लाख रुपैयाँ जनसम्पर्क तथा प्रचारप्रसारमा, २३ करोड २५ लाख बजारीकरण तथा प्रवद्र्धनमा, कर्पोरेटमा १७ करोड, १६ करोड रुपैयाँ संस्कृतिक सम्पदा संरक्षण र प्रवद्र्धनमा, दुई करोड रुपैयाँ अनुसन्धानमा, तीन करोड रुपैयाँ पोखरा पर्यटन कार्यालयमार्फत खर्च गर्ने गरी कुल एक अर्ब १२ करोड रुपैयाँको बजेट विनियोजन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.