नेपालको पर्यटन क्षेत्रमा चारलाख २५ हजारले रोजगारी पाएको तथ्याङ्क सार्वजनिक

  २०७३ साउन ३२ गते १७:३०     विकासन्युज

काठमाडौं १ भदौ। नेपालको कुल रोजगारीमा पर्यटन क्षेत्रको योगदान ३.२ प्रतिशत रहेको एक तथ्यांकले देखाएको छ । पर्यटन क्षेत्रमा ४ लाख २६ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएको विश्व पर्यटन परिषद्को तथ्यांक छ । यो गत वर्षको तथ्यांक हो । तथ्यांकले कुल जनसंख्याको ठूलो हिस्सा आंशिक वा पूर्ण बेरोजगार रहेको देखाउँछ ।

tourism

स्वदेशमा रोजगारी नपाएर अहिले दैनिक औसत १२ सय युवा वैदेशिक रोजगारीमा गइरहेका छन् । नेपालमा एक पर्यटकबराबर १२ जनाले रोजगारी पाउने सरकारी तथ्यांक छ । नेपालको रोजगारीमा पर्यटन क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष गरी विशेष योगदान पु¥याएको छ ।

सन् २०२६ सम्ममा नेपालको पर्यटन उद्योगमा झण्डै ६ लाख ५४ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने विश्व पर्यटन परिषद्को प्रक्षेपण छ । यो संख्या तत्कालीन कुल रोजगारीको ३.८ प्रतिशत हुनेछ ।

परिषद्का अनुसार सन् २०१५ मा नेपालको पर्यटन तथा पर्यटनसँग जोडिने कृषि, हस्तकला, निर्माण, सार्वजनिक सेवा, ट्राभल एण्ड टुरिजम आदिबाट कुल रोजगारीको ६.९ प्रतिशत अर्थात् ९ लाख १८ हजार ५ सयले अप्रत्यक्ष रूपमा रोजगारी गरिरहेका छन् । यो संख्या सन् २०२६ सम्ममा बढेर १३ लाख ९० हजार पुग्ने अनुमान छ ।

नेपालको पर्यटन उद्योगमा प्रत्येक वर्ष होटल, ट्राभल र टुर कम्पनीमा आवश्यक हुने कर्मचारीहरू र तिनको संख्यामा वृद्धि हुँदै गइरहेको छ । यसका आधारमा आगामी १० वर्षका लागि आवश्यक मानव संशाधनको योजना र दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न तालिमहरू आयोजना गर्नुपर्ने पर्यटन मन्त्रालयको भनाइ छ ।

नेपालमा होटल तथा रेस्टुराँसहित ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी, पदयात्रा पथ प्रदर्शक, ¥याफ्टिङ, पर्यटन प्रहरी र साहसिक खेलमा ठूलो संख्याले रोजगारी पाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.