सिद्धार्थ सिमेन्टद्वारा पोखरामा डिलर तथा इन्जिनियर भेटघाट कार्यक्रम सम्पन्न

  २०७३ साउन ३२ गते ८:०४     विकासन्युज

काठमाडौं, ३२ साउन । सिदार्थ सिमेन्ट उद्योगले पोखरामा लेखनाथ, दमौली, तम्घास, पोखरा साथै स्याङ्जाका डिलर र इन्जिनियरहरु संग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सिद्धार्थ ग्रुपको तर्फबाट जगदिश अग्रवाल, मोहित अग्रवाल, रोहित अग्रवाल, अर्पित अग्रवाल आदिको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।

siddhartha_cementकार्यक्रममा सिदार्थ ग्रुपका संचालक राहुल अग्रवालले आफ्नो उत्पादनको बारेमा सहभागीहरुलाई प्रष्ट पार्दै सबै संगै अगाडी बढेमा सजिलै सफलता हात पर्ने कुरा उपस्थित सबैलाई सुझाव दिएका छन् । यसै क्रममा पोखरा उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष तथा बाबा हार्डवेयर एण्ड स्यानिटरी का संचालक दिलिपराज श्रेष्ठले नेपालमा उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएकोमा सिद्धार्थ सिमेन्ट लाई धन्यवाद ज्ञापन साथै आगामी दिनको लागि प्रगतिको कामना गरेका छन् ।

सोही क्रममा लेखनाथ नगरपालिकाबाट अधिकारी ग्लास एण्ड हार्डवेयर का संचालक भरत कुमार अधिकारीले नेपालको विकाससंगै सिद्धार्थ सिमेन्टको भूमिका बारेमा प्रस्ट पार्दै सिदार्थ सिमेन्टको प्रगतिको कामना गरेका छन् । त्यसैगरी तनहुँ सिंचाई कार्यालयका इन्जिनियर सुमन भट्टराईले सरकारी कार्यका लागि धेरै नेपाली सिमेन्टहरु टेस्ट गर्दा सिद्धार्थ सिमेन्टलाई आफूले सधैं उच्च गुणस्तरकोे पाएको जानकारी दिए । उनले प्राविधिक, डिलर कम्पनीहरु र सम्पूर्ण नागरिकहरुलाई नेपाली निर्माण कार्यमा पी. पी. सि र ओ. पी. सि को बारेमा जानकारी पु¥याउन अनुरोध गर्दै पी. पी. सि. र ओ. पी. सि. सिमेन्टको बारेमा प्रस्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.