भाद्र २३ गतेदेखि २६ गतेसम्म क्यान कमटेक २०१६ आयोजना हुने

  २०७३ साउन ३१ गते १४:३१     विकासन्युज

काठमाडौं, ३१ साउन । म्यान महासंघले आगामी भाद्र २३ गतेदेखि २६ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा क्यान कमटेक २०१६ आयोजना गर्ने भएको छ । क्यान कमटेक इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजीको प्रदर्शनी हुने आयोजकले बताएको छ । नेपालमा सूचना तथा संचार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्नका लागि यस्ता कार्यक्रमहरुको आवश्यकता भएको महसुुुस गरी क्यान महासंघले वर्षै पिच्छे यस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

canप्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्ट्रोनिक सेकुरिटी, सेफ्टी र सोलुशन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहने क्यान महासंघको अध्यक्ष विनोद ढकालले जानकारी दिए ।

विश्व विख्यात स्वदेशी तथा विदेशी सर्भिसेस एण्ड सोलुशनस् र ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी सम्बन्धि कम्पनीहरुले भागलिने क्यान कमटेक २०१६ को टाइटल स्पोन्सर सुबिसु केवलनेट प्रा.लि. र एशोसिएट स्पोन्सरको रुपमा सामसुङ रहेको हुँदा क्यान कमटेकको अफिसियल नाम नै “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” राखिएको छ ।

मेलामा प्लाटिनम स्पोन्सरमा वेबसर्फर, सिल्भर स्पोन्सरमा स्टार अफिस ईन्टरनेशनल र नेटिस छ भने प्रिन्ट स्पोन्सरमा स्प्यारो एस.एम.एस. रहेको छ । साथै अफिसियल बैंकको रुपमा सन्राइज बैंक रहेको छ । सुबिसु, सामसुङ र सन्राइज बैंक २०७३ सालमा हुने क्यान कमटेक २०१६, क्यान ईन्फोटेक २०१७ र क्यान आईसिटि कन्फरेन्स २०१७ तीनवटा कार्यक्रमहरुको नै क्रमशः टाईटल स्पोन्सर, एशोसिएट स्पोन्सर र अफिसियल बैंकको रुपमा रहेको समेत आयोजनकले जनाएका छन् ।

अफिसियलहरुमा बैंकमा सन्राइज बैंक, ईन्स्योरेन्समा प्रुडेन्सियल ईन्स्योरेन्स, आईएसपीमा सुबिसु, एफएममा नेपाल एफ. एम., अनलाईन टिकेटिङ्गमा एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्टमा ई–सेवा, नेपाली आईटी म्यागेजिनमा लिभिङ्ग वीथ आईसीटी., अंग्रेजी आईटी म्यागेजिन– पिसीईन्फो, वेव न्युजमा हाम्राकुरा डटकम, र एसएमएसमा रहेका छन् । सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङमा जम्मा ८१ वटा स्टलहरु रहनेछन् । हाल सम्म ९० प्रतिशत स्टल निश्चित भईसकेका छन् ।

नेपाल सरकारका विभिन्न निकायहरुले गरिरहेका सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित गतिविधिहरुको प्रदर्शन पनि सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङको आकर्षणका रुपमा रहनेछ । सुविसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क ५० रुपैयाँ र विद्यार्थीहरुलाई २५ रुपैयाँ तोकिएको क्यानले जनाएको छ । साथै कलेज तथा स्कुलका विद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिने क्यान महासंघको महासचिव विश्वराम बलामी जनकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.