पुनर्बीमा कम्पनीमा बीमा कम्पनीको प्रतिनिधित्व हुने ब्यवस्था गरियो

  २०७३ साउन ३१ गते ६:३८     विकासन्युज

काठमाडौं, ३१ साउन । पुनर्बीमा कम्पनीमा बीमा कम्पनीको प्रतिनिधित्व हुने भएको छ । बीमा समितिले जारी गरेको बीमाको सुशासन सम्बन्धि निर्देशिकामा एउटा बीमा कम्पनीको पदाधिकारी र संचालक अर्काे कम्पनीको पदाधिकारी वा संचालन बस्न नपाउने ब्यवस्था भए पनि त्यस्तो ब्यवस्थामा संसोधन गरेर कम्पनीको प्रतिनिधित्व सुनिश्चित गरिएको हो ।

बीमा समितिको हालैको संचालक समितिले सुशासन निर्देशिकामा भएको त्यस्तो ब्यवस्था संसोधन गरेको छ । संसोधित ब्यवस्थामा पुनर्बीमा कम्पनीको संचालक समितिमा अन्य बीमा कम्पनीका प्रतिनिधि रहन सक्ने ब्यवस्था गरिएको छ ।

पुनर्बीमा कम्पनीमा बीमा कम्पनीहरुको तर्फवाट २ जना संचालक रहने ब्यवस्था छ । समितिले जारी गरेको निर्देशिकाको कारण पुनर्बीमा कम्पनीको संचालक समिति गठन नै हुन नसक्ने अवस्था आएपछि संसोधन गरिएको समितिका एक अधिकारीले जानकारी दिए ।

‘पुनर्बीमा कम्पनीमा संचालक हुन पाउने बाटो खुल्ला गरिएको छ, अहिलेको ब्यवस्थाले पुनर्बीमा कम्पनीको संचालक समिति गठन हुन नसक्ने अवस्था आएपछि यस्तो सुधार आवश्यक देखियो,’ समितिका ती अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.