कृषि विकास बैंकले कमायो २ अर्ब ५७ करोड, बाणिज्य बैंकको नाफा पनि २ अर्ब ६४ करोड

  २०७३ साउन ३१ गते २:५८     विकासन्युज

adbl_rbbकाठमाडौं, ३१ साउन । कृषि विकास बैंकले २०७३ असार मसान्तसम्ममा २ अर्ब ५७ करोड नाफा कमाएको छ । यद्यपी यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा एक अर्ब ३ करोडले कम हो । बैंकले सो अवधीमा ३ अर्ब ६० करोड नाफा कमाएको थियो ।

१० अर्ब ३७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ३८ करोड रुपैंयाँ रहेको छ । बैंकको खराब कर्जा ५ दशमलब ३५ प्रतिशतबाट घटेर ३ दशमलब ८५ प्रतिशतमा झरेको छ । बैंकले ६२ करोड राइट ब्याकबाट प्राप्त गरेको छ भने ५६ करोड प्रोभिजन गरेको छ ।
९ अर्ब ५६ करोड ब्याज आम्दानी गरेको बैंकले ३ अर्ब ३८ करोड ब्याज खर्च गरेको देखिन्छ । बैंकले निक्षेप संकलन पनि ७७ अर्बबाट बढाएर ८७ अर्ब पुर्याएको छ । बैंकको प्रति सेयर आम्दानी ५५ रुपैंयाँ ६४ पैसा र प्रति सेयर नेटवर्थ ३०३ रुपैंयाँ १५ पैसा रहेको छ ।

यसैबिच, राष्ट्रिय बाणिज्य बैंकले २०७३ असार मसान्तसम्ममा २ अर्ब ६४ करोड नाफा कमाएको छ । बैंकले कमाएको यो नाफा २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा २ अर्बले कम हो । बैंकले सो अवधीमा ४ अर्ब ६४ करोड नाफा गरेको थियो । यद्यपी १ अर्ब ९१ करोड सञ्चित नोक्सानीमा रहेको बैंकले सो रकम तिरेर जगेडा कोषमा ७३ करोड रुपैंयाँ जम्मा गर्न सफल भएको छ ।

बैंकको खराब कर्जा पनि ५ दशमलब ३५ प्रतिशतबाट घटेर ३ दशमलब ९५ प्रतिशतमा झरेको छ ।
बाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब ४८ करोड रुपैंयाँ रहेको छ । बैंकको निक्षेप एक खर्ब २४ अर्बबाट बढेर एक खर्ब ४६ अर्ब पुगेको छ । बैंकले ७ अर्ब ४२ करोड ब्याज आम्दानी गरेर एक अर्ब ८७ करोड ब्याज खर्च गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.