पोखरामा मोबाइल मेला सुरु, खरिदमा ५ देखि १० प्रतिशतसम्म छुट दिइने

  २०७३ साउन २८ गते १०:५२     विकासन्युज

पोखरा, २८ साउन । पोखराको पृथ्वीचोकस्थित विजनेश कम्प्लेक्सको हातामा आजदेखि प्रथम पोखरा मोबाइल एण्ड इलेक्टेनिक्स मेला सुरु भएको छ । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा सुरु भएको सो मेलामा २३ वटा मोबाइल ब्रान्डेड कम्पनीका मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामान बिक्रीका लागि राखिएको सङ्घका सचिव नारायण सुवेदीले जानकारी दिए।

विभिन्न छरिएर रहेका मोबाइल पसललाई एउटै छानामुनि राखी मर्मतको साथै सस्तो मूल्यमा उपभोक्ताले मोबाइल खरिद गर्न पाउन भन्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो । मेलामा ८० वटा कक्ष राखिएका छन् । मेलामा प्रत्येक सामान खरिदमा ५ देखि १० प्रतिशतसम्म छुट दिइने सङ्घका अध्यक्ष श्रीप्रसाद घलेले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.