माइक्रोम्याक्सको क्यिू फोर सिक्स फाइभ मोबाइल सार्वजनिक, मूल्य १६ हजार मात्र

  २०७३ साउन २८ गते ८:१०     विकासन्युज

काठमाडौं, २८ साउन । माइक्रोम्याक्सको क्यिू फोर सिक्स फाइभ (क्यानभास युनाइट फोर प्रो) मोबाइल नेपाली बजारमा सार्वजनिक भएको छ । बजारमा सो मोबाइलको मूल्य १६ हजार २ सय ३६ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
Q465-Gold[2]

कम्पनीका अनुसार मोबाइलमा एन्ड्रोइड ललिपप ५.१ अपरेटिङ सिस्टममा आधारित छ । मोबाइलमा २ जीबी र्याम, १६ जीबी रोम र थप ३२ जीबी विस्तार गर्न सकिने एसडी कार्ड प्रयोग गर्न सकिने छ । जसका कारणले कुनै तस्विर, डकुमेन्ट र भिडियो स्टोर गर्न समस्या नहुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो मोबाइलमा १.३ जिएचडी क्वाड कोर प्रोसेसर रहेको छ । यसमा १६ जीबी रोम रहेको र फोनमा शक्तिशाली ३९०० एमएएच ब्याट्री छ र ५.१ इन्चको एचडी डिस्प्ले रहेको छ । यो फोनमा ८ एमपी हाई रिजोलुसन अटोफोकश रियर क्यामरा र ८ एमपी फ्रन्ट क्यामरा रहेको छ जसको सहायताले उत्कृष्ट सेल्फी खिच्न सकिने कम्पनीले जनाएको छ ।

दुईवटा सीम लाग्ने उक्त मोबाइलमा हाइब्रिड सिम स्लट रहेको छ जसले थ्रीजी र फोरजी नेटवर्कमा सर्पोट गर्ने कम्पनीले जनाएको छ । मोबाइलमा वाईफाई, ब्लुटुथ लगायत फिंगरप्रिन्ट सेन्सर समेत छ । यो मोबाइलमा ३३५० एमएचको पावर ब्यांक निशुल्क पाउने कम्पनीको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.