नविल बैंकको नाफा पौने तीन अर्ब, हिमालयन बैंकको नाफा पनि दुई अर्ब नजिक

  २०७३ साउन २८ गते ३:३९     विकासन्युज

काnabi_himalayanठमाडौं, २८ साउन । नविल बैंकले २०७३ साउन मसान्तसम्ममा २ अर्ब ८२ करोड नाफा कमाएको छ । यो नाफा नविलले २०७२ साउन मसान्तसम्म कमाएको भन्दा ७३ करोडले बढि हो । नविलले २०७२ असार मसान्तसम्म जम्मा २ अर्ब ९ करोड नाफा कमाएको थियो । ४ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ५९ करोेड रुपैंयाँ रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी ५९ रुपैंयाँ ३२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २६० रुपैंयाँ रहेको छ । नविलले २०७३ असार मसान्तसम्ममा एक खर्ब १० अर्ब निक्षेप संकलन गरेर ७७ अर्ब ७३ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकको खराब कर्जा एक दशमलब १४ प्रतिशत रहेको छ । बैंकले ६ अर्ब १७ करोड ब्याज आम्दानी गरेर एक अर्ब ८२ करोड मात्रै ब्याज खर्च गरेको छ ।

यसैबिच हिमालयन बैंकले पनि आफ्नो नाफा दुई अर्ब नजिक पुर्याएको छ । बैंकले २०७३ असार मसान्तसम्म एक अर्ब ९१ करोड नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा ८० करोडले बढि हो । सो अवधीमा बैंकले जम्मा एक अर्ब ११ करोड नाफा कमाएको थियो ।

४ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको हिमालयन बैंकको जगेडा कोषमा ४ अर्ब ३७ करोड रुपैंया रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४२ रुपैंयाँ ५८ पैसा छ भने प्रति सेयर नेटवर्थ १९७ रुपैंयाँ २५ पैसा रहेको छ । बैंकले खराब कर्जाको दरलाई ३ दशमलब २२ प्रतिशतबाट घटाएर एक दशमलब २३ प्रतिशतमा झारेको छ । बैंकले ८७ अर्ब ३२ करोड निक्षेप संकलन गरेर ६९ अर्ब १० करोेड कर्जा तथा सापटी प्रवाह गरेको छ ।

बैंकले ४ अर्ब ९७ करोड ब्याज आम्दानी गरे एक अर्ब ५६ करोड ब्याज खर्च गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.