यी हुन् विश्वकै धनी प्रविधि कम्पनीका टप १० ओनरहरु

  २०७३ साउन २७ गते १६:३५     विकासन्युज

काठमाडौं, २७ साउन । विश्वचर्चिच म्यागेजिन फोर्ब्सले संसारकै सबैभन्दा धनी टेक्नोजोजी कम्पनीका मालिकहरुको सूची सार्वजनिक गरेको छ । ‘विश्वकै एक सय टेक अर्बपतिहरु–२०१६’ शीर्षकमा फोर्ब्सले र्सावजनिक गरेको सूचीको पहिलो नम्बरमा माइक्रोसफ्टका संस्थापक तथा मालिक बिल गेट्स शीर्ष स्थानमा रहेका छन् ।

एक सय सर्वाधिक धनीको सूचीमा आधाजति अमेरिकाकै नागरिक रहेका छन् । शीर्ष १० मा आठजना पनि अमेरिकाकै रहन सफल भए । संसारका दोस्रो सबैभन्दा धेरै ‘टेक बिलिनेयर’ को देशका रुपमा चीनले नाम लेखाउन सफल भएको छ । फोर्ब्सको यो सूचीमा १९ जना चीनका रहेका छन् । यीनीहरुको कुल सम्पत्ति १३२.७ अमेरिकी डलर रहेको छ ।

यो सूचीमा पाँचजना महिलाले पनि नाम लेखाउन सफल भएका छन् । ‘उमन टेक बिलेनियर’ मा हङकङकी झोऊ क्युनफेई ३३ औं स्थानमा रहेकी छन् । उनको कुल सम्पत्ति ६.४ अर्ब अमेरिकी डलर रहेको छ । अमेरिकाको सफ्टवेयर फर्म इपिक सिस्टमकी संस्थापक तथा सीईओ जुड फकनर ७९ औं स्थानमा रहेकी छन् । फोर्ब्सले स्टक मार्केटमा उतारचढावका बाबजुत टेक बिलियनेयर बन्न यो गतिलो अवसर भएको बताएको छ ।

फोर्ब्सको सूचीमा शीर्ष सय टेक बिलियनेयर्सको जम्मा सम्पत्ति ८९२ अर्ब डलर पुगेको छ । अघिल्लो साल भन्दा यो साल टेक बिलियनेयर्सको सम्पत्ति ६ प्रतिशले बढ्न पुगेको हो ।

The words Richest Tech Billonaire

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.