केएल टावरमा एक महिने कार्निभल, ५० प्रतिशतसम्म छुटको अफर

  २०७३ साउन २७ गते ११:३१     विकासन्युज

काठमाडौं, २७ साउन । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै चाबहिलस्थित केएल टावरमा शुक्रबारदेखि कार्निभल इभेन्ट संचालनमा आउने भएको छ । मलले चाड पर्वमा उपभोक्तालाई सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य सहित एक महिनमा सम्म कार्निभल संचालनमा ल्याएको हो । उक्त अवधिमा ग्राहकहरुले ५० प्रतिशतसम्मको छुटमा सपिङ गर्न सक्ने छन् ।

KL-T

मलमा लत्ताकपडा, जुत्ता, चम्पल, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइन तथा विभिन्न आर्कषक उपहार समेत जित्न सकिने कानिर्भलका आयोजकले जानकारी दिएका छन् । कार्निभल अवधिभर केएल टावरमा विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुनेछन् । एक महिनाको अवधिसम्म चल्ने कार्निभलमा विभिन्न सांगितिक कार्यक्रम, फेशन सो, गेम सो, फ्रि नेल आर्ट तथा निःशुल्क फेस पेण्टिङ लगायतका कार्यक्रम निरन्तर संचालन हुने कार्यक्रम संयोजक हिरामणी तिमल्सीनाले जानकारी दिए ।

KL-Tower-Carnival

उक्त टावरमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, मल्टिप्लेक्स, फूड कोर्ट र बलिङ एण्ड गेम जोन समेत संचालनमा रहेका छन् । साढे दश तले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् । श्रावण २८ गतेबाट संचालनमा आउने सपिङ कार्निभल आगामी भदौ २५ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.