हुन्डाइको नयाँ थ्री एस् सेन्टर विर्तामोडमा

  २०७३ साउन २७ गते ११:१९     विकासन्युज

विर्तामोड, २७ साउन । नेपालका लागि हुन्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले हुन्डाइको नयाँ थ्री एस् सेन्टर विर्तामोडमा स्थापना गरेको छ । कम्पनीले आफ्नो डिलर, न्यु अटो प्लाजा कन्सर्न प्रा.लि. संगको सहकार्यमा विर्तामोडमा सो सेन्टर सञ्चालन गर्न लागेको हो । उक्त थ्री एस् सेन्टर मार्फत ग्राहकले सुविधा सम्पन्न बिक्री कक्ष, अत्याधुनिक मर्मत सेवा तथा हुन्डे जेनुयिन स्पेर पार्टस् खरिद सेवा एकै छाना मुनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
hyundai_birtamod_branch

यस नव निर्मित थ्री एस् सेन्टर श्रीमती चन्द्रमाया थापा, न्यु अटो प्लाजा कन्सर्न प्रा. लि. र श्रीमान् निराकार श्रेष्ठ (कार्यकारी निर्देशक) लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि बाट संयुक्त रूपमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको यस सोरुममा एकैचोटि ५–६ वटा हुन्डाइ ब्रान्डका विभिन्न मोडेलका गाडी अटाउन सक्छन् । ग्राहकको सुविधाका लागि लाउन्ज, परामर्श कोठा तथा तालिम प्राप्त बिक्री परामर्शदाताहरूको व्यवस्था गरिएको छ ।

आफ्ना ग्राहकलाई बिक्रीपछि गुणस्तरीय मर्मतसम्भार सेवा उपलब्ध गराउने हेतुले निर्मीत अत्याधुनिक सर्भिस सेन्टरमा तालिमप्राप्त दक्ष जनशक्तिकोे व्यवस्था गरिएको छ । कम्पनीका अनुसार एयरकन्डिसन तथा वाईफाई युक्त ग्राहक आराम कक्ष, पर्याप्त पार्किङको व्यवस्था तथा मासिक ४५० गाडि मर्मत तथा सर्भिस गर्ने क्षमता युक्त यो सर्भिस सेन्टर आफैमा विश्वस्तरीय छ । यसको साथै यहाँ हुन्डे जेनुयिन स्पेर पार्टस्को पर्याप्त मौज्दातको साथै बिक्री सेवाको पनि व्यवस्था छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि. ले सन् २००९ फेबु्रअरी देखि नेपालमा हुन्डाइ ब्रान्डका सवारी साधन आयात र बिक्री गर्दै आएको हो । कम्पनीको मुख्य उद्देश्य हुन्डाइ गाडी बिक्री मात्र नभई, आफ्ना ग्राहकलाई बिक्रीपछि गुणस्तरीय मर्मतसम्भार सेवा तथा हुन्डे जेनुयिन स्पेर पार्टस् उपलब्ध गराउनु पनि हो । यही उद्देश्य पूर्तिका लागि कम्पनीले नेपालको विभिन्न शहरहरुमा हुन्डे सोरुम, सर्भिस सेन्टर तथा स्पेर पार्टस् बिक्री कक्ष स्थापना गर्दै आएको छ ।

विर्तामोडमा निर्माण गरिएको यस नयाँ थ्री एस् सेन्टरले ग्राहकलाई उच्चस्तरीय सेवा दिने र ग्राहकको पहुँचका निम्ति सञ्जाल विस्तार गर्ने कम्पनीको प्रयासमा नयाँ आयाम थप्नेछ । कम्पनीले निकट भविष्यमै काठमाडौं तथा नेपालका अन्य शहरहरुमा थप सोरुम तथा सेवा विस्तार गर्ने लक्ष लिएको छ । विर्तामोडको नयाँ थ्री एस् सेन्टरले अन्तर्राष्ट्रिय स्तरको ग्राहक सेवा दिनुका साथै गाडी खरिदको नौलो अनुभूति प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.