टाटा मोटर्सको चौथौँ कार मेला आजबाट शुरु

  २०७३ साउन २७ गते १०:२६     विकासन्युज

काठमाडौं, २७ साउन । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स् कार मेला सिजन ४ (अर्थात चौथौँ कार मेला ) आजबाट काठमाडौंको नक्साल बैङ्केटमा शुरु भएको छ ।
tata_car_mela1
यस कार मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरुबाट धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको छ । वार्षिक रुपले आयोजना गरिने हुनाले ग्राहकहरु यस सिजनको पर्खाइमा रहेर आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गर्दछन् ।

कार्यक्रम उद्घाटनको क्रममा टाटा मोटर्सका कन्ट्री म्यानेजर, हेमन्त पुरानिकले उक्त कार मेला टाटाको विभिन्न मोडलका अत्याधुनिक कारहरु अवलोकन, छनोट र टेस्ट ड्राइभको लागि ग्राहकहरुलाई एक उचित अवसर भएको बताए । साथै कम्पनीले उनीहरुको पुराना गाडीहरुको उच्च मूल्याङ्कन र खरिद गर्ने, नयाँ कारहरुका लागि अन द स्पट फाइनान्स र बीमा सुविधा समेत प्रदान गर्ने कुरा उनले जानकारी गराए । यी सम्पूर्ण कार्यक्रमहरु एउटै छानामुनि पूर्ण पारिवारिक र उमङ्गमय माहोलमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम र मिष्ठान्न परिकारहरुका साथ संचालन हुने कुरा समेत उनले जानकारी गराए ।

कार्यक्रममा गाडीको ६.५ प्रतिशत आकर्षक ब्याजदर र ४ लाख सम्मको फाइदा प्रदान गरिने कुरा कम्पनीले जानकारी गराएको छ । साथै उत्कृष्ट भ्यालुएशनलाई १ सेट मिसलिन टायर, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, बुकिङ्ग गर्नेहरुमध्ये १ जनाको लागि ईन्भर्टर र लक्की बुकिङ्गमा १ जोडीलाई फ्रि थाइल्याण्ड ट्रिप समेत प्रदान गरिनेछ । शनिबार र आइतबार चर्चित कलाकारहरु इन्दिरा जोशी र जितु नेपालले समेत मनोरञ्जन गराउने उक्त मेलाका अन्य आकर्षणहरुमा बी–बोईङ्ग, नेल पेन्टिङ्ग, गेम स्टल एवं खेल प्रतियोगिताहरु, साँगितिक कार्यक्रम, फेसबुक फोटो कन्टेस्ट र आकर्षक उपहारहरुले दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरिनेछ ।

विशेष गरि टाटाका कार प्रयोकर्ताहरुका लागि लक्षित गरिएको उक्त मेलामा सम्पूर्ण दर्शहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । २०७३ श्रावण २७ देखि ३० गतेसम्म संचालन हुने उक्त ४ दिने भव्य मेलामा ३००० भन्दा बढी दर्शकहरुको उत्साहजनक सहभागिता रहने कुरामा कम्पनी आशावादी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.