२०७३ साउन २७ गते ९:३० विकासन्युज
काठमाडौं, २७ साउन । नेपाल बैंक लिमिटेड र युनाइटेड रेमिटबीच भुक्तानी सम्झौता भएको छ । सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र युनाइटेड रेमिटका प्रमुख कार्यकारी अधिकृत सुरज शाक्यले हस्ताक्षर गरेका थिए ।
सो सम्झौता पछि नेपाल बैंक लिमिटेडको कुनै पनि शाखाबाट पठाएको रकम नेपालको ७५ जिल्लामा रहेको करीव १५ सय वटा युनाइटेड रेमिटको कुनै पनि सब एजेन्टबाट सजिलै नगद भुक्तानी लिन सक्नेछन । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको नेपालभर १२६ वटा शाखा सञ्चालनमा छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.