सिनर्जीको नाफा ३ करोड ६८ लाख

  २०७३ साउन २७ गते ५:४३     विकासन्युज

काठमाडौं, २७ साउन । सिनर्जी फाइनान्स कम्पनीले गत आर्थिक बर्षमा ३ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक बर्षमा सो फाइनान्सको नाफा ४ करोड ७९ लाख रुपैयाँ थियो ।

फाइनान्सले खुद ब्याज आय ५ करोड ४० लाख रुपैयाँ गरेको छ । अघिल्लो बर्ष यस्तो आय ७ करोड ४६ लाख रुपैयाँ थियो । कम्पनीले सम्भावित कर्जा नोक्सानीको लागि बढी रकम ब्यवस्था गर्नु परेको कारण खुद नाफा कम भएको विहिवार प्रकाशित वित्तीय विवरणले संकेत गर्छ ।

कम्पनीले गत आर्थिक बर्षको नाफावाट ७ करोड ७४ लाख रुपैयाँ सम्भावित कर्जा नोक्सानीको लागि छुट्टयाएको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो रकम ४ करोड ४५ लाख रुपैयाँ मात्रै छुट्टयाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.